तालमा डुबेका किशोरको खोजी जारी
घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित कृतिम तालमा आइतबार अपरान्ह डुबेका एक किशोर अझै फेला परेका छैनन् । नजिकै रहेको खेलकूद मैदानमा साथीहरुसँग क्रिकेट खेलेर घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृतिम तालमा पौडी खेल्न गएका घोराही १५ का १८ वर्षीय लक्ष्मण डिसी आइतबार सवा ३ बजे डुबेका थिए । रातिदेखि अहिलेसम्म तालको चारैतिर पम्पसेट राखेर पानी फालिए पनि डाँगी फेला पर्न सकेका छैनन् । पौडीबाजहरु पोखरीभित्र पसेर खेजिरहेका छन् तर अहिलेसम्म भेटाउन सकेका छैनन् । डाँगी घोराहीस्थित गोर्खा माविमा कक्षा १२ मा अध्ययनरत थिए ।
२०७५ मंसिर १० गते ११:४७ मा प्रकाशित