A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

टिभी दृश्यको नक्कल गर्दा ९ वर्षीय बालकले गरे आत्महत्या

टेलिभिजनमा देखाइने ‘स्टन्ट’ तथा अभिनय हेरेर त्यसैको नक्कल गर्न खोज्दा झापामा ९ वर्षीय बालकको ज्यान गएको छ।भद्रपुर नगरपालिका–९ मा बस्दै आएका हरिप्रसाद मिश्र र देवी मिश्रका ३ कक्षामा अध्ययनरत सचिनले झुन्डिएर आत्महत्या गरेका हुन् ।मिश्र परिवारमा ५ वटा छोराछोरीमध्ये सचिन कान्छा हुन् । परिवारका अनुसार पढाइमा अब्बल उनले टेलिभिजनमा देखाइने हरेक दृश्य नक्कल गर्थे । खासगरी चलचित्र तथा विज्ञापनमा देखाइने हरेक दृश्य र ‘स्टन्ट’नक्कल गर्थे । अहिले पनि टेलिभिजनमा देखाइए अनुसार सिलिङमा झुन्डिराखेको अवस्थामा सचिनको मृत्यु भएको हो । हजुरबुवा देवीभक्तका अनुसार उनी टेलिभिजनको दृश्य नक्कल गर्दै झुन्डिने प्रयास गरेका थिए । टिभी अगाडी आमा र दिदीका ७ वटा सल थुपारेको, दुवै हात, कम्मर र घाँटीमा ३ वटा सल बाँधेर अनौठो किसिमले झुण्डिएको अवस्थामा देखिएको मृतकका छिमेकी राम भारतीले बताए ।‘सधैँ स्कुल जान्थ्यो गयो होला भनेर हामीले घरमा को छ  भनेर वास्ता गरेनौँ,’ देवीभक्तले भने । चिया फ्याक्ट्रीमा काम गरेर फर्कँदै गर्दा छोरो झुन्डिएको अवस्थामा देखेपछि आमा देवी बेहोस् बनेकी छन् । मृतकको शव प्रहरीले पोष्टमार्टम गर्दा पनि घाँटीमा सल कसिएर निस्सासिएर मृत्यु भएको देखिएको बताइएको छ ।

२०७५ मंसिर १० गते ६:०८ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: