A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाहले ज्यान जोखिममा

दैलेखको आठबीस नगरपालिका ५, पीपलकोटमा २०७४ असार ५ मा बच्चा जन्माउन नसक्दा १५ वर्षीया कृष्णा कसेरा र उनको शिशुको ज्यान गयो । उनले १३ वर्षमै विवाह गरेकी थिइन् । सानैमा विवाह गर्दा उनको ज्यानै गएको हो । बालविवाहले जटिल स्वास्थ्य समस्या र ज्यानै जानेसम्मका घटना भएका छन् । उमेर नपुगी बिहे गर्दा थुप्रै महिलाको स्वास्थ्य खतरामा परेको छ, पीपलकोट स्वास्थ्यचौकीकी अनमी रेखा बस्नेतले भनिन्,चेतना अभावमा बिहे गर्नेबित्तिकै बच्चा जन्माउँदा यस्तो समस्या देखिने गरेको हो।बालविवाह गर्ने जोडीले परिवार नियोजनको साधनसमेत प्रयोग नगर्ने उनको भनाइ छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालु आवको हालसम्म ५ गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित सुत्केरी गराएको छ । त्यस्तै, हुम्लाका स्थानीय तहले २० महिलाको उद्धार गरेका छन् । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बिर्खबहादुर शाहीले यसरी उद्धार गरिएका गर्भवतीमध्ये २० वर्ष कम उमेरका बढी रहेको बताए । प्रदेश अस्पतालका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतका अनुसार गत आवमा अस्पतालमा सुत्केरी हुन आएका ४ हजार ९ सय ९५ मध्ये २० वर्षमुनिका आमाको संख्या ८ सय ९ छ । 

सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरे पनि संख्या भने घटेको छैन । कर्णालीमा बालविवाह दर ५२ प्रतिशत छ । सबैभन्दा बढी बालविवाह सल्यानमा ७४ प्रतिशत र सबैभन्दा कम जुम्लामा २० प्रतिशत छ । दैलेख जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। नीरञ्जन पन्त २० वर्षभन्दा कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैको स्वास्थ्य खतरामा पर्ने बताउँछन् । यद्यपि, दैलेखमा प्रत्येक ५ गर्भवतीमा एकजना २० वर्षमुनिका छन् । यसले मातृ तथा शिशु मृत्युदरसमेत बढाएको छ,उनले भने, ‘आमा र शिशुको ज्यान जोगाउन शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बाध्यता छ । बालविवाह गरेकाहरू आफ्नो स्वास्थ्य र भविष्यप्रति सचेत हुँदैनन् । बिहेलगत्तै गर्भवती भएकाहरूसमेत नियमित स्वास्थ्य परीक्षण गर्दैनन् । यसले गर्दा पनि उनीहरूको स्वास्थ्य जोखिममा पर्ने गरेको हो । बालविवाहले उनीहरूको स्वास्थ्य जोखिममा मात्र पर्दैन, पारिवारिक जीवनसमेत उत्तिकै प्रभावित हुने गरेको छ । उनीहरू घरेलु हिंसा, सम्बन्धविच्छेद, बहुविवाहजस्ता घटनाको सिकार हुन्छन् । दैलेख, गुराँस गाउँपालिकाकी लक्ष्मी (नाम परिवर्तन) एक त्यस्तै पात्र हुन् । १३ वर्षमा बिहे गरेकी उनले त्यसको ३ वर्षमै सौता खेप्नुपर्योा । सानै उमेरमा बिहे गरियो, २ बच्चाबच्ची पनि भए,’ उनले भनिन्, अहिले घर न घाटकी भएकी छु । सानैमा बच्चा जन्माउँदा स्वास्थ्य पनि निकै नाजुक भएको उनले बताइन् । बालविवाह र त्यसबाट पर्ने प्रभाव न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयास नभएका होइनन् । तर समाजमा यो समस्या उत्तिकै विकराल बनिरहेको छ । गत आवमा दैलेखमा १ हजार ९३ बालविवाह रोकिएका थिए।

२०७५ मंसिर १५ गते १०:३३ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: