फेसबुक चलाउँदा
कक्षाकोठामा फेसबुक चलाएको भन्दै शिक्षिकाले एक छात्रालाई निर्घात कुटपिट गरी अभिभावकको जिम्मा लगाएकी छन् । धादिङबेंसीस्थित बालमन्दिर माध्यमिक विद्यालयमा ८ कक्षा अध्ययनरत दुर्गा सुनारलाई शिक्षिकाले कुटेर ‘अब स्कुल नपठाउनु’ भन्दै अभिभावकको जिम्मा लगाएकी हुन् ।
सुनारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ‘मीना मेडमले धेरै पिट्नुभयो, अन्य ५ जना मेडमले पनि पालैपालो पिटे,’ शरीरका नीलडाम देखाउँदै उनले भनिन् । शैक्षिक सत्र सकिन २ महिना मात्र बाँकी छँदा घर पठाएर अन्याय गरेको आमा लक्ष्मी सुनारले बताइन् । विद्यालयकी प्रिन्सिपल कमला श्रेष्ठले फेसबुकले विद्यार्थी बिगारेको बताइन् । ‘म दुई महिनादेखि बिरामी भएर घरमै छु, त्यसरी कुटपिट गर्न हुँदैनथ्यो । दुई महिना बाँकी छँदा निष्कासन गर्ने कि नगर्ने छलफलमै छौं,’ उनले भनिन् । फेसबुकमै व्यस्त हुने गरेको भन्दै कक्षा ८ मा अध्यनरत विष्णु श्रेष्ठ, सूर्य थापामगर र सिर्जना गुरुङलाई पनि निष्कासन गरिएको छ ।
२०७४ पुस २५ गते ०७:३४ मा प्रकाशित