A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भारत लगिँदै गरेका २० बालकको उद्धार गरी परिवारको जिम्मा

भारततर्फ लगिँदै गरेको अवस्थामा मंगलबार प्रहरीले तिला गाउँपालिकाको कुडारी बजारबाट उद्धार गरेका २० जना बालकलाई अभिभावकको जिम्मा लगाइएको छ। प्रहरीले बुधबार अभिभावकहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर बालकहरु जिम्मा लगाएको हो। त्यसक्रममा प्रहरीले आफ्ना छोराहरुलाई किन भारत पठाएको भन्दै सोधपुछसमेत गरेको थियो। अधिकांश अभिभावकले नजिकैको मान्छेले लामा बनाइदिन्छु भनेपछि विश्वास मानेर पठाएको बताएका छन्। घरमा खेलेर बस्ने भएकोले टाढै गएर पढ्लान् भनेर छिमेकी कार्मा तामाङ र छिरिङ तामाङसँग पठाएका हौँ, यस्तो होला सोचेनौँ,’ पातारासी गाउँपालिका- ३ हुरी गाउँकी चन्नरुपा बुढाले भनिन्। यस्तै पातारासी– २ का सिंहबहादुर कामीले पनि नजिकैकै वीरे कामीले पढ्न पठाउँ भनेकाले आफ्नो छोरो उनीहरुको जिम्मा लगाएको बताए। ‘बच्चाबच्ची धेरै भएको र पढाउन समस्या भएकोले भारतमा पठाउन खोजेको हुँ,’ उनले भने, ‘तर, कहाँ लैजान लागिएको हो भन्ने थाहा भएन। बीसैजना बालकका अभिभावकलाई कागज गराएर अब यस्तो नगर्ने शर्तमा बालकहरु जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक चुडामणि पुनले बताए।

२०७४ पुस २७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: