A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7omdkcejnu6n8kkqs9uruvgb0sds7n80): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भर्नाअघि नै विद्यालय अनुभव

सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने ७० प्रतिसत बालबालिका पहिले नै विद्यालयको अनुभव गरि भर्ना हुन जाने गरेको पाइएको छ। विद्यालयमा रहेका वालविकास कक्षाको अनुभव सँगालेरमात्रै जिल्लाका सामुदायिक विद्यालयमा कक्षा १ मा भर्नाका लागि आउने बालबलिका बढी भएको एक तथ्यांकले देखाएको छ। अभिभावकमा ५ वर्ष पहिले नै प्रारम्भिक कक्षामा बालबच्चालाई पठाउँदा बृद्धि विकासमा टेवा पुग्ने मनसायले विद्यालय उमेरभन्दा पहिले नै विद्यालय प्रवेश गराउदा कक्षा एकमा पुग्दासम्म धेरै बालबालिका विद्यालयको अनुभव लिइसकेको पाइएको हो।

दाङका विभिन्न सामुदायिक विद्यालयको अध्ययन र सर्वेक्षण गर्दा यस्तो तथ्य फेला परेको हो। ७० प्रतिसत बालबालिका पहिले नै विद्यालयको अनुभव लिइसकेको र ३० प्रतिसत बालबालिका नयाँ अनुहारका हुने गरेका छन्। सर्बेक्षणले देखाए अनुसार कक्षा १ मा भर्ना हुने बालिबालिका सन् २०१४ मा ४४ प्रतिसत पहिले नै विद्यालयको अनुभव गरेका थिए। सन् २०१५ मा आउँदा ६१ प्रतिसत पुगेको थियो भने चालु अवस्थामा ७० प्रतिसत पुगेको हो। अभिभावकमा बालबालिकालाई शिक्षित गराउनुपर्छ भन्ने चेतना बढेकाले यस्तो अवस्था देखिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

जिल्लामा विगतको भन्दा सिकाई उपलब्धि समेत बढेको छ। कक्षा गत रुपमा सिकाइ उपलब्धिलाई हेर्दा कक्षा २ को अन्यभन्दा बढि छ। शिक्षकले कक्षा कोठामा शिक्षण क्रियाकलाप तथा सामग्री प्रयोग गर्नु, विद्यार्थीलाई बुझाउँदै जानुले सिकाइ बढेको शैक्षिक तथ्याङकले देखाएको छ। कक्षा २ को सिकाई उपलब्धी तीन वर्षको अन्तरालमा ३१ प्रतिसतले बढेको छ। त्यसै गरी कक्षा ३ को २० प्रतिसत र र कक्षा १ को २३ प्रतिसतले बढेको छ। कक्षागत रुपमा सिकाई उपलब्धि कक्षा तिनको हाल ८१ प्रतिसत छ। कक्षा २ को ७९ प्रतिसत र कक्षा १ को ४४ प्रतिसत छ। विद्यालयले पनि केहि वर्षदेखि सिकाई उपलब्धी समग्रमा र कक्षागत रुपमा वढिरहेको जनाएको छ। जिल्ला शिक्षा कार्यालय दाङका जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि भएको वताए। विगतभन्दा सिकाइमा उपलब्धि बढिरहेको उनले जानकारी दिएका छन् । विद्यालयको शैक्षिक उपलब्धीलाई अझ बढाउन आउँदो शैक्षिक सत्रदेखि जिल्लाका ४ सय २१ सामुदायिक विद्यालयमा विभागको अगुवाईमा इजिआरपी कार्यक्रम सञ्चालन तयारी गरीएको छ। कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावकलाई गुणस्तरीय र सिकाइ उपलब्धि कायम गर्न विभिन्न गतिविधि समेत सञ्चालन गरिने जिशिअ मैनालीले बताए। यसअघि जिल्लाका केहि विद्यालयमा विश्व शिक्षाले यस प्रकारका केही कार्यक्रम सञ्चालन गरेको थियो ।

२०७४ पुस २८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: