A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond7d9p6s744gbmdlk5tlavohd031uj5nj): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चिसोले बालबालिकामा हाइपोथर्मिया समस्या

अत्यधिक चिसोका कारण धेरैजसो बालबालिकामा हाइपोथर्मिया (शीतांग) को समस्या देखापर्न थालेको छ। विराटनगरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा यस्तो समस्या भएका बालबालिकालाई उपचारका लागि ल्याउने क्रम बढेपछि चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार बालबच्चाको शरीरमा तापक्रम कम भएर उत्पन्न हुने स्वास्थ्यसम्बन्धी कडा समस्यालाई हाइपोथर्मिया भनिन्छ। यसले विभिन्न रोगको संक्रमणलाई निम्तिन पनि सहज बनाइदिने र बच्चाको ज्यानै जान सक्ने कोसी अञ्चल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा। विमल अग्रवाल बताउँछन्। यसबाट नवजात शिशु बढी प्रभावित हुन्छन्। स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भएर उपचारका लागि ल्याइएका बालबालिकामा यो समस्या देखापर्ने क्रम बढेर गएको उनी सुनाउँछन्। ‘चिसो केही दिनदेखि अत्यधिक बढेको छु, उनी भन्छन्, ‘चिसोले बालबालिका बढी प्रभावित भएका कारण स्वास्थ्यसम्बन्धी कडा समस्या देखापर्न थालेको छ। उनका अनुसार चिसो बढेसँगै हेरचाहमा अभिभावकले ध्यान पुर्यागउन नसक्दा बालबालिकामा हाइपोथर्मिया समस्या अत्यधिक मात्रामा बढेको हो। बालबालिका र नवजात शिशुलाई चिसोबाट बचाउन नसक्दा ज्यानै जान सक्ने उनको भनाइ छ। ‘जन्मिएको ६ दिनसम्म बच्चाको शरीरमा कपडा लगाइदिन हुँदैन भन्ने विश्वास छ। यो सरासर गलत हो उनी भन्छन्, ‘जन्मनेबित्तिकै बच्चालाई न्यानो लुगा आवश्यक पर्छ। चिसोको बेला त बच्चाको शरीरमा बाक्ला कपडा लगाइदिनुपर्छ ।

कोसी अञ्चल अस्पतालमा दैनिक ६० भन्दा बढी बिरामीमा यो समस्या देखापरेको छ ।

उनका अनुसार छाला पातलो हुने भएकाले तुरुन्तै चिसो बढेर बच्चाको शरीरको तापक्रम एक्कासि घट्ने हुन्छ। यसले तत्काल हाइपोथर्मियाको समस्या निम्त्याउँछ। उनका अनुसार बालबालिकाको शरीर निलो हुँदै जानु, हातखुट्टा चलाउन गाह्रो हुनु, दूध र अन्य खानेकुरा नखानु तथा शरीरको तापक्रम अत्यन्तै कम हुनु हाइपोथर्मियाका लक्षण हुन्। यो समस्याबाट बचाउन बच्चा र कोठालाई न्यानो राख्नुपर्छु, उनी भन्छन्, ‘बच्चाको शरीरको तापक्रमलाई मेन्टेन गर्न सकियो भने यो समस्या आउँदैन। चिकित्सकका अनुसार बच्चाको शरीरको औसत तापक्रम ३६.५ देखि ३७.५ सेन्टिग्रेड हुनुपर्छ। ३६.५ सेन्टिग्रेडभन्दा कम तापक्रम भयो भने हाइपोथर्मियाको समस्या निम्तने जोखिम हुन्छ। शरीरको तापक्रम कम हुँदै गएर ३२ डिग्रीभन्दा कम हुन पुगे हाइपोथर्मियासम्बन्धी कडा समस्याले सताउँछ। त्यसपछि बच्चाको ज्यानै जान भएकाले शरीरको तापक्रममा ख्याल पुर्या उन चिकित्सकले आग्रह गरेका छन्। बच्चाको सरसफाइ र शरीरको तापक्रममा ध्यान दिई आमाको दूध खुवाउँदै न्याना लुगा र नियमित खोप लगाउने गर्दा यसको समस्या देखा नपर्ने अग्रवाल बताउँछन् । हाइपोथर्मियाले गर्दा बच्चामा निमोनियालगायत अन्य रोग संक्रमण हुन सक्ने चिकित्सकले बताएका छन्। कोसी अस्पतालमा दैनिक ६० भन्दा बढी बिरामीमा यो समस्या देखापरेको छ। दैनिक ८० भन्दा बढी बालबालिका अस्पतालमा ल्याउने गरिएको छ। कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले चिसोसँगै बिरामी भएर उपचारका लागि ल्याइने बालबालिकाको संख्यामा वृद्धि भइरहेको बताए। ‘केही दिनयता बिरामी भएर उपचारका लागि ल्याइने  बालबालिकाको संख्यामा वृद्धि भएको छ उनले भने, ‘पछिल्लो समय बालबालिकाको स्वास्थ्यसम्बन्धी कडा समस्या हाइपोथर्मिया देखापरेको छ ।

२०७४ माघ ३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: