A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जाडोको जोहोका लागि पत्कर संकलनमा जुटे मुसहर समुदायका बालबालिका

अति विपन्न मुसहर समुदायका बालबालिका जाडोको जोहोका लागि पत्कर संकलनमा जुटेका छन्। केही दिनयता भित्री मधेसमा पर्ने उदयपुरमा पनि अत्यधिक चिसो र शीतलहर बढेपछि आगो ताप्न तथा सुत्नका लागि पत्कर संकलनमा जुटेका हुन्। मुसहर समुदायको बसोवास रहेको त्रियुगा नगरपालिका, चौदण्डीगढी र बेलका नगरपालिकाका मुसहरुहरु पत्कर संकलनमा जुटेका हुन्। मुसहरका बस्ने घरमा न्यानो कपडा नहुँदा जाडोबाट बच्नको लागि पत्कर संकललनमा जुटेको त्रिगुगा नगरपालिका ८ मुसहर सुखिचन सदाले बताए। ‘चिसो र शीतलहर बढेसँगै हामी गरिबको जनजीवन कष्टकर बनेको छ,’ उनले भने, ‘जंगलबाट संकलन गरेको पत्कर ल्याई सुत्दा न्यानो हुन्छ।’ मुसहर समुदायका बालबालिका विशेष गरेर पत्कर संकलनमा जुटेको बताउँछन्। त्रियुगा गैरुनका पाँच घर परिवारका मुसहर समुदायका बालबालबालिका दिउँसो पत्कर संकलनमा जाने गरेका छन्। ‘जाडोबाट बच्नका लागि तत्काल न्यानो कपडा कतैबाट सहयोग पाए पनि हुन्थ्यो,’ बेलका नगरापालिका १ रामदेसर सदाले भने, ‘चिसोले गर्दा केही काम गर्न पनि सकिँदैन, काम गर्न जाऊँ आफूसँग बाक्लो र न्यानो कपडा छैन, दिनभरि आगो ताप्नुपर्छ, अनि राति पत्करमा घुस्रिएर सुत्नुपर्छ।’ जाडो बढेपछि बालबच्चालाई पत्कर टिप्न पठाएको स्थानीय मैनी सदाले बताइन्। मैनी सदाले भनिन्, ‘अहिलेसम्म कुनै पनि संघ संस्थाले न्यानो कपडा तथा दाउरासमेत उपलब्ध गराएको छैन, गएको वर्ष एउटा संस्थाले कम्बल दिएको थियो, फाट्यो, अहिले त तातो नै हुँदैन।

 उदयपुरमा करिब ३ हजार मुसहर घरपरिवारको बसोवास रहेको छ। उनीहरुको जीविकापार्जन भनेको दैनिक मजदुर गर्ने हो। जाडोका कारण धानको परालमा बेरिएर सुत्ने, पत्करको ओछ्यान बनाएर सुत्ने गरेको उनीहरुको भनाइ छ। स्थानीयस्तरमा रहेका स्वास्थ्यचौकीका अनुसार जाडोका कारण अति विपन्न दलित परिवारमा बिरामी बढ्दै गएका छन्। श्वासप्रश्वास, दम खोकी, रुघा खोकी, हाडजोर्नीको दुखाइ, टाउको पेट दुखाइ, वान्ता र ज्वरोका बिरामीको चाप बढ्दै गएको चौदण्डी नगरपालिकामा रहेको बेल्टार स्वास्थ्य चौकीमा कार्यरत चित्रनारायण चौधरीले बताए। ‘विशेष गरेर अति विपन्न गरिब, दलित, दनुवार, समुदायका बिरामी बढेका छन्,’ उनले भने, ‘सबैभन्दा बढी मुसहर समुदायका बिरामी आउन थालेका छन्।

२०७४ पुस २६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: