बसको ठक्करले बालकको मृत्यु
दाङको लमही नगरपालिका–५ चौलाहीमा स्कूल बसको ठक्करबाट शुक्रबार एक वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामजान अदलीका छोरा अब्दुल अनसारीको रहेको लमही वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक सुरज खड्काले बताए । साधना मन्टेश्वरी स्कूलको लु१क १३५३ नम्बरको बसले बालकलाई ठक्कर दिएपछि उनी गम्भिर घाइते भएका थिए । उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२०७४ पुस २८ गते प्रकाशित