A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione934fcub5aqih9v0r8m4fsnc68sihfjm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

शीतलहरका कारण बारामा मृत्यु हुनेको संख्या चार पुग्यो

शीतलहरका कारण बारामा जाडोले कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या चार पुगेको छ। बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना र बारागढी गाँउपालिकामा र प्रसौनीमा एकरएक जनाको मृत्यु भएको छ। बिहीबार सिम्रौनगढ– ९ बसबरियाका ६५ वर्षका नन्दलाल यादवको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो। सोमबार बेलुकी सिम्रौनगढ– ८ कचोर्वाका ६० वर्षका अनसिकराय यादव, बारागढी– १ पिपरा बसतपुरका ७० वर्षका लक्ष्मण मिश्र र आइतबार प्रसौनी गाउँपालिकाकाका १४ वर्षका अमरराज कुशवाहको मृत्यु भएको थियो । नन्दलालको जाडोले कठ्यांग्रिएर मृत्यु भएको स्थानीय अरविन्द यादवले जानकारी दिए। मिश्रको चिसोले मृत्यु भएको स्थानीय अमोद चौधरीले जानकारी दिए। अनसिकको धार्मिक कार्यक्रमबाट प्रसाद खाएर घर फर्किने क्रममा मृत्यु भएको उनका दाजु बौवालाल यादवले जानकारी दिए। 

क्रिकेट खेल्दाखेल्दै मृत्यु

प्रसौनी– २ का कृष्णप्रसाद कुशवाहका १४ वर्षका छोरा अमरराज कुशवाहको क्रिकेट खेलिरहेको अवस्थामा मृत्यु भएको छ। आइतबार साँझ ५ बजे क्रिकेट खेल्ने क्रममा अचेत भएका कुशवाहको खेलमैदानमा नै मृत्यु भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल कार्यालय बाराले जनाएको छ। यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जाडोबाट मृत्यु भएको आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिए।

नगरपालिकाद्वारा दाउरा वितरण

केही हप्तादेखि अत्यधिक बढेको चिसोलाई मध्यनजर गर्दै निजगढ नगरपालिकाले नगरका विभिन्न क्षेत्रहरूमा आगो ताप्ने व्यवस्था गरेको छ । इलाका प्रहरी कार्यालय निजगढको सहयोगमा बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूह निजगढ– ८ बाट उपलब्ध दाउरा नगरपालिकाले बजार क्षेत्रमा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको निगजढ नगरपालिकाका सूचना अधिकारी नवीन खनालले बताए। खनालले निजगढको बकैया, हाटबजार, लायन्स चोक, शहीद चोक, शहीद हीरालाल मार्ग, पूर्वी लच्का, भमरालगायत राजमार्ग आसपासका क्षेत्रहरूमा दाउरा वितरण गरिएको बताए। जाडो बढ्ने क्रम जारी नै रहे विपन्न र आर्थिक रूपमा पिछडिएकाहरूको पहिचान गरी जाडोबाट बच्नका लागि नगरपालिकाले योजना बनाइरहेको नगर प्रमुख सुरेशकुमार खनालको भनाइ छ ।

२०७४ पुस २७ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: