A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionetma8fuuhj4974s7vi2po1crdfvs47go): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पानी खान जाँदा बित्छ एक घण्टी

जिल्लाको पाटन नगरपालिका १ गुत्थडीस्थित सरस्वती आधारभूत विद्यालयमा खानेपानी व्यवस्था नहुँदा विद्यार्थीलाई पानी खान निकै समस्या भएको छ। विद्यालयको दोस्रो घण्टीपछि विद्यार्थी बाहिर निस्कन्छन् र खानेपानीको खोजीमा यत्रतत्र भौंतारिने गर्छन् । आधा घण्टाको पैदल दूरीमा रहेको न्वाली खोलाबाट पानी ल्याउँदा एक घण्टी सकिने गरेको कक्षा ८ की छात्रा लक्ष्मी नायकले बताइन्। उनी भन्छिन्, ‘विद्यालयमा पानी नै छैन। खानेपानीका लागि आधा घण्टा हिँडेर मुहानमा जानुपर्छ। त्यहाँ पुगेर फर्किंदा एक पिरियड नै सकिन्छ।

कक्षा ७ की हेमन्ती विकको पनि दिनहुँ एक घण्टी छुट्ने गर्छ। नियमित विद्यालयमा आउने भए पनि खानेपानी अभावका कारण दिनहुँ एक घण्टी छोड्नुपर्ने बाध्यता भएको उनले बताइन्। ‘हिँडेर स्कुल आउँछौं, तिर्खा लागिहाल्छ। सेकेन्ड पिरियड लाग्ने बित्तिकै पानी खान जान्छौं। फर्किंदा त तेस्रो पिरियड सकिसक्छ।  उनले भनिन्, ‘खानेपानी समस्याकै कारण हाम्रो पढाइ बिग्रिरहेको छ। सरस्वती आधारभूत विद्यालयमा खानेपानी समस्या हुँदा साना कक्षाका विद्यार्थी पानी खान जाने र उतैबाट घर जाने गरेको शिक्षक लक्ष्मण बिसीले बताए। उनले भने, ‘ससाना बालबालिकाहरू पनि अध्ययनरत छन्। तिर्खा लागेपछि खोलामा जान्छन् अनि उतैबाट घर जाने गर्छन्। विद्यालयमा खानेपानी व्यवस्था नहुँदा शौचालयसमेत प्रयोगमा आएका छैनन्। सबैजना खुला शौच गर्न बाध्य हुनुपरेको शिक्षक भरत बीसीले बताए। उनले भने, ‘विद्यालयमा पानीको सुविधा छैन। पानीको अभावमा शौचालय प्रयोगविहीन छन्। खुला दिसामुक्त जिल्ला घोषणा भए पनि हामी खुला रूपमा शौच गर्न बाध्य छौं ।

विद्यालयमा खानेपानी समस्या हुँदा साना कक्षाका विद्यार्थी पानी खान जाने र उतैबाट घर जाने गरेका छन् ।
कक्षा ५ माथिका छात्राहरूलाई अन्य विद्यार्थीको तुलनामा निकै समस्या हुने गरेको छ। विद्यालयको शौचालय सञ्चालन नहुँदा दिनभरि दिसापिसाब रोकेर बस्नुपर्ने बाध्यता रहेको कक्षा ७ की छात्रा हेमन्ती बिकले बताइन्। उक्त आधारभूत विद्यालय जस्तै जिल्लाका धेरै सामुदायिक विद्यालयमा खानेपानीको व्यवस्था छैन। ‘धेरै विद्यालयहरूमा पानीको समस्याका कारण सरसफाइमा समेत बाधा पुगेको छ। कति विद्यालयमा खानेपानीको समस्या छ भन्ने हामीसँग पनि यकिन तथ्यांक छैन,ु जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शंकरदत्त भट्टले भने, ‘अब विद्यालयमा देखिएको खानेपानी समस्याको समाधान सम्बन्धित स्थानीय तहले गर्नुपर्ने हुन्छ। ग्रामीण क्षेत्रका मात्रै नभएर सदरमुकाम नजिकका सामुदायिक विद्यालयहरूमा समेत खानेपानी अभाव छ। जिल्लाको दशरथचन्द नगरपालिका १ गुरुखोलास्थित मणिलेक माविमा पानीकै समस्याका कारण शौचालय प्रयोगमा आएका छैनन्। विद्यालयमा छात्र तथा छात्राहरूका लागि अलग–अलग शौचालयको व्यवस्था भए पनि ती पानीको अभावमा सञ्चालनमा ल्याउन नसकिएको विद्यालयका प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए। उनले भने, ‘विद्यालयमा खानेपानी आउने लाइन र गाउँले तथा बजारका लागि एउटै लाइन छ। बजार तथा गाउँमै खानेपानी पुग्दैन। विद्यालयमा कहाँबाट खानेपानी पुग्नु ?

२०७४ पुस २८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: