A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione934fcub5aqih9v0r8m4fsnc68sihfjm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

लामा पढाउन भन्दै भारततर्फ लगिएका २० बालकको जुम्लामा उद्धार

भारत लैजान लागेको आशंकामा प्रहरीले जुम्लाको तिला गाउँपालिका कुडारीबाट २० जना बालकलाई उद्धार गरेको छ। पातारासी गाउँपालिका ७ र ८ का २० जना बालकलाई प्रहरीले मंगलबार दिउँसो १ बजेतिर उद्दार गरेको हो। नेपालगञ्ज जादै गरेको गाडीमा चेकजाँच गर्दा २० जना बालक फेला परेपछि सोधपुछ गर्दा भारत जाने भनेपछि शंका लागेर उनीहरुलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको कुडारी प्रहरी चौकीका सई हिरालाल बस्नेतले बताए। उनले भारत लैजान लागेको बालकको कुनै आधिकारिक कागज नभएपछि फर्काएको बताए। 

२० जना बालकलाई मंगलबार जिल्ला प्रहरी कार्यालयको महिला प्रहरी सेलमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त डिएसपी चुडामणि पुनले बालकहरुलाई भारतमा लामा पढाउन भनेर लिन थालिएको अवस्थामा उद्धार गरिएको बताए। निमित्त डिएसपी पुनले आधिकारिक कागज नै नभएकाले उनीहरुको अवस्था बुझनका लागि पातारासी गाउँपालिकाका अध्यक्ष र अभिभावकलाई बुधबार आउन भनेर सम्पर्क गरेको बताएका छन्। बुधबार छलफल गरेपछि के हुन्छ त्यही अनुसार काम अघि बढ्ने उनको भनाइ छ। बालकहरु लिएर जाने पातारासी गाउँपालिकाका दुई जनालाई प्रहरीले थुनामा राखेको बताएको छ। बालबालिका १४ जना बुढा, ३ जना महतारा र ३ जना कामी थरको रहेको प्रहरीले जनाएको छ। अहिलेसम्म कामी थरका बालबालिकाले लामा पढेका छैनन्। बालबालिकाको नाम र थुनामा राखेका दुईजनाको नाम प्रहरीले गोप्य राखेको छ।

२०७४ पुस २६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: