समाचारमा बालबालिका

निसासिएर दुई बालिकाको मृत्यु

इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ। जाडोका कारण डेरा घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई विराटनगर अस्पताल पुर्याएका थिए । उपचारको क्रममा आलमका दुवै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।  मृत्यु हुनेमा सात वर्षीया आलिया खातुन र दुई वर्षीया आयात खातुन रहेको छ । ३५ वर्षीय आलम मियाँ र उनकी २८ वर्षीया श्रीमती फोसिला खातुनको अझै उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

२०७४ पुस २६ गते ३:२३ मा प्रकाशित