A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionustnhsmps2c6kirp31c7flh5s3kq2g26): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रोकिएनन् हिमालपारी महिला तथा बालबालिका हिंसा

करीब १३ हजार जनसंख्या मात्र भएको हिमालपारी मुस्ताङमा घरेलु महिला तथा बालबालिका हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएको महिला तथा बालबालिका कार्यालय मुस्ताङले जनाएको छ। गैरजिल्लाबाट विभिन्न काम गर्ने प्रयोजनमा मुस्ताङ आएका समुदाय र दलित समुदायको बस्तीबीचनै हिंसा मौलाउँदै गएको कार्यालयले जनाएको हो। हिंसाको बढेपनि पीडित भने कानूनी पहुँचसम्म पुग्न नसकेको कार्यालयले जनाएको छ। गतवर्ष कार्यालयमा कानूनी उपचारका लागि ५ वटा महिला हिंसाका मुद्दा दर्ता भए। त्यसमा २ बालयौन दूराचार तथा अपराधका घटना पनि थपिए। आर्थिक वर्ष ०७३ को साउन महिनामा थासाङ गाउँपालिका २ कोवाङमा एक महिला बलात्कृत भइन्। रुकुम घर भई काम गर्ने सिलसिलामा उनी कोवाङमा बसेकी थिइन्। आर्थिक विपन्नता भएकी उनीमाथि बलात्कार भएको पीडितले कार्यालयमा जनाएकी थिइन्। गैरजिल्लाबाट कामका लागि मुस्ताङ आउने समुदायबीच नै यस्ता प्रकृतिका घटना दोहोरिने गरेको कार्यालयको अनुसन्धानले पुष्टि गरेको छ। यसअघि लामो समयदेखि गुपचुप राखिएको छुसाङको एक विद्यालयमा अध्ययनरत १३ वर्षिया बालिकामाथि भएको यौन हिंसा पनि सार्वजनिक भयो। निम्न वर्गिय परिवारकी ती बालिका छुसाङस्थित आफ्नै आफन्त कहाँ बस्ने गरेकी थिइन्। उनी पनि जिल्ला बाहिरकै थिइन्। केही समयपछि पीडित बालिकाको स्वास्थ्य प्रतिकूल बनेपछि अस्पताल भर्ना गरियो।अस्पतालले त्यसबेला बालिका बलात्कृत भएको पुष्टि गर्योब। घटनाबारे थाहा भएपनि प्रहरी अनुसन्धानको म्याद नाघेका कारण कारवाही प्रक्रिया भने अघि बढ्न सकेन। बालिकाले आफू पटकरपटक विद्यालयका शिक्षकबाट बलात्कृत भएको महिला तथा बालबालिका कार्यालयलाई बयानमा दिइन्। अहिले बालिकाको संरक्षण जिल्ला बाहिरको एक संस्थाले जिम्मा लिएको कार्यालयको बताएको छ।

घरेलु हिंसा तल्लो मुस्ताङमा बढी
मुस्ताङमा महिलाहरू बढी घरेलु हिंसाको सिकारमा परेको पाइएको छ। यस्ता घटना तल्लो मुस्ताङमा बढी हुने गरेको महिला तथा बालबालिका कार्यालय जनाएको छ। गत वर्ष मात्रै तल्लो मुस्ताङमा ५ वटा महिला हिंसाका घटना कार्यालयमा दर्ता भए। जसमा बहुविवाह र ससाना उमेर समूहका बालबालिकाबीचनै यौन अपराध बढी भएको कार्यालयले जनाएको छ। महिला तथा बालबालिका कार्यालयमा यस वर्ष पनि १ बाल हिंसा, २ घरेलु महिला हिंसा र १ नागरिकता सम्वन्धी मुद्दा दर्ता भएको जनाएको छ। रुकुम घरभई कोवाङमा बसोबास गर्दे आएकी एक महिला पनि श्रीमानबाट पीडित बनिन्। वारागुङ गाउँपालिकाको एक्लेभट्टीमा जोमसोमरकोरला सडकको काम गर्न आएका श्रमिक श्रीमानले उनलाई शारिरीक तथा मानसिक यातना दिने गरेको पीडितले बयान दिइन्। यस्तै, थासाङ गाउँपालिका सौरुमा महिला हिंसाको घटना दोहोरियो। पछिल्लो समय जिल्लामा यौन अपराधका दुई घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यो हप्ता पनि जबरजस्ती करणीको एक मुद्दा मुस्ताङमा थपिएको छ। एक्लेभट्टी भन्ने गाउँका एक रेष्टुरेन्ट सञ्चालकले सानै उमेरदेखि काम गर्न राखिएकी १६ वर्षिया बालिकामाथि यौन शोषण गर्ने प्रयास गरेको पीडित बालिकाले प्रहरीको बयानमा उल्लेख गरेकी छिन्। घटनाका आरोपी रेष्टुरेन्ट सञ्चालकले समेत गल्ती स्वीकार गरिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए ।

२०७४ फागुन ११ गते १:१४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: