A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongrkq0gn00ml2s1p8tcpjno8pd2g3l206): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ। जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३ का धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फेलाई फागुन ८ गते नियन्त्रणमा लिएको हो। बलात्कारको घटनामा संलग्न भनिएका मनकुमारलाई प्रहरीले गत माघ २१ गते नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। “हामीले गाउँमै मुद्दा मिलायौँ भन्दै प्रहरीमा आइपुगेका उनीहरुले पीडितका आफन्तलाई आर्थिक प्रलोभन देखाई पीडकलाई उन्मुक्ति दिन खोजेकाले नियन्त्रणमा लिई अनुसन्धान थालिएको हो”, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले भने, “उनीहरुले बालिकाकी आमालाई आर्थिक प्रलोभन देखाई घटना भएको होइन भन्ने दाबी गर्न लगाएका थिए। तर, मुद्दा मिलाउन बालिकाकी आमासहित प्रहरीमा पुगेका उनीहरुलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिई सार्वजनिक अपराध मुद्दामा कारबाही चलाएको हो । 

२०७४ फागुन १० गते १०: ४६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: