समाचारमा बालबालिका

हुर्किनै सक्दैनन् राउटेका शिशु, ६ महिनामा आठको मृत्यु

जंगलमा घुमन्ते जीवन विताउने लोपउन्मुख राउटेको अस्तित्व संकटमा परेको छ । राउटेका बच्चाको बालमृत्युदर अत्यधिक भएका कारण अस्तित्व संकटमा परेको हो । पछिल्लो ६ महिनायता जन्मिएका राउटेका ८ नवजात शिशुको मृत्यु भएको छ । जंगलमा घुमन्ते जीवन विताउने लोपउन्मुख राउटेको अस्तित्व संकटमा परेको छ । राउटेका बच्चाको बालमृत्युदर अत्यधिक भएका कारण अस्तित्व संकटमा परेको हो । पछिल्लो ६ महिनायता जन्मिएका राउटेका ८ नवजात शिशुको मृत्यु भएको छ ।

शिशु जोगाउनै कठिन
लामो समयदेखि राउटेको क्षेत्रमा काम गर्दै आएकी सत्यदेवी खड्का ९अधिकारी०ले असोजयता जन्मिएका राउटेका आठै बच्चाको मृत्यु भएको बताइन् । राउटेकी भान्जीका नामले समेत परिचित अधिकारीले भनिन्, ‘असोजपछि राउटेका ८ बच्चा जन्मिए, तर तीमध्ये कसैको पनि ज्यान बचेन। उनले उपचारको उचित व्यवस्था नहुँदा राउटेका शिशु बचाउन मुस्किल भइरहेको बताइन् । जंगलमा बस्ने भएकाले राउटे महिलाको स्वास्थ्य परीक्षण हुँदैन । सजिलैसँग उपचार गर्न समेत उनीहरु मान्दैनन् । विरामी भएमा अस्पताल जान र औषधि खान समेत मान्दैनन् । चिसोमा पात ओच्छाएर खुला आकाशमा सुत्छन् । न उनीहरुको शरीरलाई न्यानो कपडाले ढाक्न नै पाउँछ ।

बढेन जनसंख्या
अधिकारीका अनुसार नवजात शिशु बाँच्न नसकेका कारण लामो समयदेखि राउटेको सं‌ख्या स्थीर छ । राउटेको जनसंख्या १४५ भन्दा माथि उक्लिन सकेको छैन् । ३६ परिवारमा ७१ जना महिला र ७४ जना पुरुष छन् । उनीहरु दैलेखको भैरवी र माबु गाउँपालिकास्थित जंगलमा बस्दै आएका छन् । जंगलबाट बाहिरका मानिसको सम्म्पर्क आउन थालेपछि दुर्घटनमा परेर समेत राउटेहरुको मुत्यु भएको छ । उनले राउटेका बच्चा बचाउन नसकिए लोप भएर जाने सक्ने बताइन् । ‘उनीहरुका बच्चा जोगाउन नसकिए, भोलि पर्सी राउटे थिए भनेर खोज्नु पर्छ’, उनले सुनाइन् ।

रक्सीमा सक्दै पैसा
उनीहरुले सरकारले दिने सामाजिक सुरक्षा भत्ताको सदुपयोग गर्न सकेका छैनन् । मासिक पाउने सामाजिक सुरक्षा भत्ता पनि उनीहरुले रक्सी खान खर्च गर्छन् । अत्यधिक रक्सी पिउनाले उनीहरुको जीवन जोखिममा छ । राउटेलाई मुलधारमा ल्याएर उनीहरुको संरक्षण गर्नु बाहेक राज्यसँग विकल्प नरहेको अधिकारी बताउँछिन् । उनले खसी, चामल र पैसा बाँडेर राज्य पन्छिरहेको पनि गुनासो गरिन् । ‘अब उनीहरुलाई खसी, चामल र पैसा बाँडेर मात्रै हुदैन’, अधिकारीले भनिन्, ‘अब मुलधारमा ल्याएर उचित व्यवस्थापन गर्नुपर्छ ।

२०७४ फागुन १० गते प्रकाशित