समाचारमा बालबालिका

मिलापत्र प्रयास विफल

बर्दिबास नगरपालिकामा बाल यौन दुराचारको घटना मिलाउने प्रयास विफल भएको छ। बर्दिबासका अच्छुत्म रिसालले ११ वर्षीय बालकमाथि यौनजन्य क्रियाकलाप गरेको आरोप लागेको छ। ‘पञ्चायत’बाट ५१ हजार नगद दिएर घटना ढाकछोप गर्ने पीडकको प्रयास बाल सञ्जालले विफल तुल्याइदिएको हो। मलाई गाउँमा मिल भन्यो। त्यसपछि ५१ हजार रुपैयाँ क्षतिपूर्ति दिने भनेर गाउँ–समाजले निर्णय गरिदियो’, पीडित बालकका बुवाले भने, ‘मैले पैसा फर्काइदिएँ।’ फागुन २ गते राति गौशाला नगरपालिका लक्ष्मिनियाँका बालकमाथि रिसालले यौन दुव्र्यवहार गरेको पीडितको गुनासो छ। पीडक पक्षले प्रहरीमा उजुरी हाले ‘जे पनि गराइदिने’ धम्की दिँदै आएको पीडित परिवारले जनाएको छ। ‘बाल यौन दुराचार भएकै दिन प्रहरीलाई खबर प्राप्त भयो’, डीएसपी प्रवीण पोखरेलले भने, ‘पीडित पक्ष प्रहरीमा आयो। हामीले निवेदन र उजुरी लेख्न पनि सहयोग गर्यौंस। तर, पीडित परिवारले जाहेरीमा हस्ताक्षर गर्न मानेन। पत्रकार, शिक्षाक, बाल सञ्जालको सहयोगमा पीडित परिवारले शनिबार उजुरी दर्ता गरेपछि प्रहरीले पीडक रिसाललाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। पीडित परिवारले बर्दिबासमा डेरा लिएर रात्रिकालीन चिया पसल सञ्चालन गरी जीवनयापन गर्दै आएको छ। स्थानीय देउराली माविको कक्षा १ मा पढ्ने बालक यौन दुराचार भएको दिनदेखि स्कुल जान डराइरहेका छन्। पीडितका अभिभावकले शनिबारदेखि चिया पसल खोलेका छन्। बाल सञ्जालकी अध्यक्ष सोनु कार्कीले पीडकमाथि कडा कारबाहीको माग गरेकी छन् ।

२०७४ फागुन १३ गते प्रकाशित