समाचारमा बालबालिका

शौच गर्न गएकी युवतीले सलको पासो लगाएपछि

शनिबार सप्तरीमा एक युवतीले आत्महत्या गरेकी छिन्। शौच गएकी शम्भुनाथ नगरपालिका ४ की १७ वर्षीया युवतीले बाँसमा पासो आत्महत्या गरेकी हुन् । शौचालय गएकी प्रदीप चौधरीकी छोरी बिम्पल चौधरीले घाँटीमा पासो लगाई आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ। शम्भुनाथ ४ स्थित सत्यनारायण चौधरीको बाँसघारीमा सलको पासोमा झुण्डिएको अवस्थामा चौधरीको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार युवतीको शव पोष्टमार्टमका लागि शनिबार साँझ राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ ।

२०७४ फागुन १२ गते प्रकाशित