A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारीलाई ६ वर्ष कैद

मकवानपुर जिल्ला अदालतले बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ६ वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको सोमबार बसेको इजलासले काठमाडौं साँगा घर भएका २६ वर्षीय दिनेश अधिकारीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै १५ हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत आदेश दिएको छ । अभियुक्तले बालिकालाई ०७३ मंसिर २४ गते हेटौंडास्थित एक होटलमा बलात्कार गरेका थिए । यस्तै बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक वृद्धलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको सोमबार बसेको इजलासले थाहा नगरपालिका–१ का ६२ वर्षीय नन्दलाल गोपालीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आरोपीले बालिकालाई प्रलोभनमा पारेर विगत ७ महिनादेखि बलात्कार गर्दै आएको र पछिल्लोपटक फागुन १ गते घरमै ल्याएर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

 २०७४ फागुन २९ गते ७:०७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: