समाचारमा बालबालिका

करेन्ट लागेर बालकको मृत्यु

भरतपुर महानगरपालिका– २१ रतनपुरमा शुक्रबार बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ। घरबाट बाहिर खेल्ने क्रममा भूइँमा लत्रिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका हिम तामाङलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

२०७४ चैत्र २ गते प्रकाशित