A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सहोदर काकाद्वारा बलात्कृत

आँधीखोला गाउँपालिका निवासी ११ वर्षीया बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन् । गत फागुन ४ गते काकाद्वारा बलात्कृत बनेकी बालिकालाई हाल कास्कीस्थित बाल सेवा केन्द्रमा राखिएको पीडितका आफन्तले बताएका छन् । बालिकालाई उपचारको लागि पोखरा लगिएको थियो। कक्षा ५ मा अध्ययनरत ती बालिकामाथि पटक पटक जबर्जस्ती भएको परीक्षण रिपोर्टले देखाएको चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ। केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले बालिकाको घटना ९ गते मात्र बाहिर आएको र कास्की प्रहरीमा जानकारी गराएको बताए। कास्की प्रहरीले उक्त जाहेरी स्याङ्जा प्रहरीमा रिफर गरेको उनले बताए। तत्काल बालिकालाई घरमा पठाउँदा असुरक्षित हुने भएकोले बालिकालाई संस्थाको संरक्षणमा पठाइएको वाग्लेले बताए। राष्ट्रिय मानव अधिकार आयोग र बाल कल्याण समितिले उक्त घटना अध्ययन गरेका थिए। तर, अनुसन्धानमा पीडितका आफन्तले सहयोग नगरेको जिल्ला प्रहरी कार्यालयले जनायो। घटना स्याङ्जामा दर्ता भएको हो। आयोगका अनुसार बलात्कृत बालिकाको कपडा नधुन र तत्काल बालिकालाई नै ननुहाइदिन अनुरोध गरे तापनि पीडितकी आमाले अटेर गरेकी छन्। पीडक पनि फागुन ४ गतेदेखि नै फरार छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल प्रधानले घटनास्थल पुगी प्रहरीले कागज बनाइसकिएको बताए। यस्तैगरी भीरकोट नगरपालिका–६ स्थित भिरकोट भिल्ला होटलमा गत फागुन २९ गते ३ जना बालिका बलात्कृत भएका थिए। भीरकोट निवासी १४ वर्षीया २ जना र १५ वर्षीया १ बालिका बलात्कारको सिकार बनेका हुन्। वडा प्रहरी कार्यालय वालिङले ३ जना अभियुक्तलाई पक्राउ गरी जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

२०७४ चैत्र ३ गते २:४९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: