A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नेपालमा १५ वर्षमै १७ प्रतिशत किशोरी गर्भवती

नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गरे कानुनतः दण्डनीय हुनेछ । तर, कानुनलाई सम्बन्धित निकायले परिपालना नगरेका कारण नेपालमा त्यसको ठीक उल्टो छ । नेपालमा १७ प्रतिशत किशोरीले १५ वर्षको उमेरमै बच्चा जन्माउने गरेका छन् । चिकित्सकका अनुसार यो संख्या धेरै हो । काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार पछिल्लो केही वर्षयता कम उमेरमा बच्चा जन्माउनेको संख्यामा वृद्धि भएको छ । ‘उमेरअनुसार हर्मोनमा आउने आमूल परिवर्तनसँगै किशोरीले शारीरिक सम्बन्धमा बढी जोड दिँदा कम उमेरमा बच्चा जन्माउन बाध्य भएका छन्,’ उनले भने ।

१५ वर्षभित्रै पहिलो सन्तान
चिकित्सकले कम उमेरमा बच्चा जन्माउने र गर्भपतन गर्ने परिपाटीले भविष्यमा गम्भीर संकट ल्याउने चेतावनी दिएका छन् । परिवार स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा। नरेशप्रताप केसीले १७ प्रतिशत किशोरी १५ वर्षको उमेरमा गर्भवती हुनु देशकै लागि दुःखको विषय भएको बताए । ‘उनीहरूमा शारीरिकदेखि मानसिक विकास भएको हँुदैन,’ केसीले भने’, यस्तो अवस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैलाई असर गर्दछ । यसलाई रोक्न राज्यले युवायुवतीलक्षित हेल्थ पोस्ट सञ्चालनमा ल्याउनु अनिवार्य छ । जनसांख्यिक स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा १५ देखि १९ वर्षका १७ प्रतिशत किशोरी आमा भइसकेका छन् । उनीहरूले १५ वर्षभित्रमा पहिलो सन्तान जन्माइसकेका छन् । केसीले किशोरीहरूले विद्यालय छाड्नुको प्रमुख कारण पनि कलिलै उमेरमा गर्भवती भएको स्पष्ट पारे । चिकित्सकका अनुसार किशोर अवस्थामा विवाह गर्दा पाठेघरमा समस्या देखिन्छ भने बच्चा पूर्ण रूपमा विकसित नभएको हुन सक्छ ।

अशिक्षित किशोरी बढी
किशोरी उमेरका गर्भवतीको प्रजननदर सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको छ । प्रदेशअनुसार कम उमेरमा गर्भवती हुने प्रदेश ३ मा १० प्रतिशत रहेको छ भने प्रदेश २ मा २७ प्रतिशत छ । शिक्षा हासिल नगरेका किशोरीमध्ये ३३ प्रतिशतले बच्चा जन्माउने गरेका छन् । एसएलसी वा सोभन्दा बढी अध्ययन गरेका ७ प्रतिशत छन् । अधिकारीहरूका अनुसार सबैभन्दा गरिब र मध्यमस्तर आर्थिक अवस्थामा समावेश भएका किशोरीले सम्पन्न अवस्थामा समावेश भएकाभन्दा चाँडै बच्चा जन्माउने गरेको पाइएको छ । समग्रमा १५ वर्ष उमेरका १७ प्रतिशत किशोरीले बच्चा जन्माउनु धेरै ठूलो संख्या भएको अधिकारीहरूले बताएका छन् ।

२०७४ चैत्र ४ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: