A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionlkpn2varrjvrlo6djnr3i3s8s5bq2vmo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सामुदायिक स्कुलमा शिक्षकको मनोमानी, दुई घण्टी पढाएर विदा

एक चैतको मध्यान्ह १२:३० बजे । यो समयमा विद्यालय आफ्नो गतिमा संचालन भएर चार घण्टीसम्म पढाई भइसक्नुपर्ने हो । तर सप्तरीको बिष्णुपुर गाउँपालिका १ स्थित जनता प्रावि जमुनी मधेपुरा ठ्याक्कै त्यहीं समयमा पुग्दा विद्यालयमा एक जना शिक्षिका र एक जना कार्यालय सहयोगीबाहेक कोही थिएनन् । विद्यालयकी प्रधानाध्यापक ममता यादव विद्यालय आएकै रहिनछिन् । आएका अन्य शिक्षकहरु विद्यालयबाट घर गइसकेका थिए । आज कुनै सार्वजनिक विदा हो ?’अनलाइनखबरकर्मीको प्रश्नमा विद्यालयमा उपस्थित रहेकी शिक्षिका निलम कुमारी यादव अक्क न बक्क भइन् । केहिबेर चुप रहेर उनले मुख खोलिन्,‘विद्यालय संचालन त भयो तर अघि नै छुट्टी भइसक्यो । ‘यति चाँडै छुट्टी हुनुको कारण ? उनले भनिन्,‘शिक्षकको कमीका कारण पढाइ हुन सकेन । विद्यालयको दरबन्दीमा ममता यादव प्रधानाध्यापक छिन् भने २ जना राहत, दुई जना बालविकास केन्द्र र एक जना कार्यालय सहायक छन् । विद्यालयको बाल विकास केन्द्रमा ३१, कक्षा १ मा ११, कक्षा २ मा १२, कक्षा ३ मा १५ र कक्षा ४ मा ६ जना बालबालिका अध्ययनरत छन् । स्थानीयबासीका अनुसार यो विद्यालय शिक्षकहरुकै कारण नियमित संचालन भइरहेको छैन । शिक्षकहरु विद्यालय आएपनि एक, दुई घण्टी पढाएरै छुट्टी दिइहाल्छन् ।

अन्त पनि उस्तै
बिष्णुपुर गाउँपालिका वडा नम्बर १ जमुनी मधेपुराकै जनता प्रावि अण्डीपट्टीको अवस्था त्योभन्दा पृथक छैन । १ चैतमा यो विद्यालय पनि बन्द देखियो । विद्यालयमा कार्यालय सहयोगी सुरजा मोची मात्रै उपस्थित थिए । उनले भने,विद्यालय बन्द रहनुबारे केही थाहा छैन ।’मलेकपुर खुरहुरियास्थित जनता माविको हवीगत पनि त्यस्तै छ । २० जना शिक्षक र ३ जना कर्मचारी रहेको यस विद्यालयमा १ चैतमा टिफिनमै छुट्टी दिइयो । प्रअ सुर्यनारायण यादव उपस्थित नरहेको विद्यालयमा टिफिनपछि जाँदा अधिकांस शिक्षक देखा परेनन् । डाक्नेश्वरी नगरपालिका ६ औरहीस्थित जनता मावि कटैया पनि १ चैतमा संचालन भएन । सार्वजनिक विदा भएको भन्दै विद्यालयमा छुट्टी नै दिइएको विद्यार्थीहरुले बताएका छन् । सार्वजनिक विदाकै नाममा हनुमाननगर-कंकालनी नगरपालिकास्थित महाबीर मावि पनि संचालन भएन् । एक त विद्यालयमा उपस्थित नहुने र उपस्थित भएपनि पूरा समय नपढाउने सप्तरीका शिक्षकहरुको शैली कुनै नयाँ होइन । मधेस आन्दोलन शुरु भएकै समयदेखि जिल्लाको ग्रामिण भेगका सामुदायिक विद्यालय समयमा संचालन नै नहुने, भएपनि पूरा समय नहुने प्रबृत्ति कायमै रहेको छ । यस्तो किसिमको प्रबृत्ति कायमै रहेका कारण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक अवस्था दिन प्रतिदिन खस्किदैं गएको छ ।

मन्त्रीको स्वागतमा पढाइ बन्द 
सप्तरीमा बिभिन्न माध्यमले शिक्षकहरुले नै विद्यालय बन्द गरेर पठन पाठन बन्द गर्दै आएका छन् । गएको २८ फागुनमा हनुमाननगर-कंकालनी नगरपालिका १ भारदहस्थित वि.पि माविले चारकोठे भवन शिलान्यास गर्ने भन्दै पढाइ संचालन गरेन । पढाई संचालन नहुँदा विद्यालयका करिब ८ सय ५० जना विद्यार्थीले पढ्न पाएनन् । शिक्षा विभागबाट भवन बनाउन योजना पाएको विद्यालयले २८ फागुनमा शिलान्यास कार्यक्रम आयोजना गरेको थियो । शिलान्यासका लागि प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई प्रमुख अतिथिमा बोलाइएको थियो । मन्त्रीको स्वागतका लागि बालबालिकालाई घण्टौं फूल लिएर उभ्याएको विद्यालयले पढाई संचालन समेत गरेन ।‘विद्यालयको पढाइ प्रभावित हुने किसिमले किन कार्यक्रम गरिएको ?’भन्ने प्रश्नको उत्तरमा प्रअ प्रकाश गुप्ताले भने, व्यवस्थापन समितिका अध्यक्ष प्रभानन्द मण्डलको आदेशमा पढाई प्रभावित पारेर कार्यक्रम गरियो ।

बंगलादेशको शोक, नेपालमा छुट्टी 
युएस बंगला एयरको विमान काठमाडौंमा दुर्घटना हुँदा मृत्यु भएकाहरुका शोकमा चैत एक गते बंगलादेशले सार्वजनिक विदा दिएको थियो । तर, नेपालमा विदा भनेर गलत हल्ला फैलियो । त्यसैले जिल्ला शिक्षा कार्यालयका कर्मचारीले फेसबुकमा स्टाटस नै लेखेर बिदा नभएको बताउनुपर्यो् ।‘आज बिहानदेखि बिभिन्न विद्यालयबाट सार्वजनिक विदा सम्बन्धमा जिज्ञासा राख्ने काम जारी राखेको हुँदा अहिलेसम्म सो सम्बन्धमा कुनै आधिकारिक निर्णय नभएकाले नियमित रुपमा पठन पाठन गर्नु गराउनु हुन अनुरोध छ,’सूचनामूलक यो सन्देश फेसबुकमा स्टाटस मार्फत् उल्लेख गरेका छन् । शिक्षा कार्यालय सप्तरीका शाखा अधिकृत दीपकुमार यादवले । उनको सूचनालाई मनन गर्ने हो भने सार्वजनिक विदा हो विद्यालय बन्द गर्दा हुन्छ भन्ने शिक्षकहरुको मनसाय देखिन्छ । त्यो मनसायलाई निरुत्साहित पार्दै शाखा अधिकृत यादवले सामाजिक संजाल फेसबुकमै स्टाटस लेखिदिएका हुन् । उनले फोन मार्फत् कुनै सार्वजनिक विदा नभएको बताए पनि र फेसबुकमा स्टाटस लेख्दा पनि जिल्लाका अधिकांस विद्यालय बन्द रहे । विद्यालय बन्दका लागि बहाना खोजिरहने शिक्षकहरु विद्यालय बन्द कहिले हुन्छ रु भन्ने आशमा व्यग्रताका साथ बसिरहेका हुन्छन् भन्ने कुराको पनि पुष्टि गर्दछ शाखा अधिकृतको स्टाटसले ।

२०७४ चैत २ गते ९:३६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: