A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबचतमा गर्न थाले राउटे बालबालिका

डडेल्धुराको परशुराम नगरपालिकामा रहेका राउटे बस्तीका बालबालिकाले बालबचत गर्न सुरु गरेका छन् । केही समय अगाडि आमाबुबासँगै जंगली खाद्यवस्तु र जंगली जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । राउटेहरुको आर्थिक विकासका लागि नेपाल सरकारले दिने प्रतिव्यक्ति दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तामध्ये केही रुपैयाँ ‘शीर्ष साना सहकारी’ मा ३६ राउटे बालबालिकाले प्रत्यक महिना जम्मा गर्न थालेको सहकारीका अध्यक्ष हर्कमती कार्कीले जानकारी दिनुभयो । यहाँका राहुटेका घरको पूरै सदस्यले जन्मेदेखि बाचुञ्जेलसम्म सामाजिक सुरक्षाबापत मासिक दुई हजार रुपैयाँ प्राप्त गर्दै आएको नगरपालिकाले जनाएको छ । लोपोन्मुख जातीको व्यवस्था र भविष्य सुधारका लागि नगरपालिकाले पनि योजना ल्याउनु परेको नगरप्रमुख भीमबहादुर साउदले बताउनुभयो । वडा कार्यालयसँगको समन्वयमा सहकारी संस्थाले आफैँ रकम बाँड्ने व्यवस्था मिलाएर अनिवार्य बालबालिकाको रकम बचत गर्न पहल गरेका छन् । अहिले त्यहाँ रहेका ३६ बालबालिकाले सहकारीमा खातखोली बाल बचत सुरु गरेको अध्यक्ष कार्कीले जानकारी गिराउनुभयो । गएको ६ महिनादेखि सुरु गरेको बालबचतमा राउटे बालबालिकाले सबैभन्दा बढी रु २० हजार र सबै भन्दा कम ६ हजार रुपैयाँ जम्मा भइसकेको छ । बालबचत गर्न थालेपछि राउटे बालबालिका पनि दंग भएको राउटे विकास समाज संस्थाका संयोजक दानसिंह राउटेले जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ताबाफत पाउने रकमका साथै अहिले विभिन्न विकास निर्माणका योजनामा दैनिक ज्यालादारीमा समेत संलग्न हुन थालेको राउटे विकासका संयोजक दानसिंहले जानकारी दिनुभयो । शीर्षका राउटेले बचत सुरु गरे पनि जोगबुढाका ४१ राउटे परिवार भने अझै व्यावसायिक हुन बाँकी रहेको हर्कसिहं राउटेले बताउनुभयो । पुरानो बानी हटिनसकेकाले बालबालिकाको भविष्यको बारेमा ख्याल नगरेको उनीहरुको भनाइ छ ।

२०७४ चैत्र ४ गते १:१६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: