A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session3b386jr293fm8einhk192h10q0oejk7l): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई बालकको उद्धार

भारतको लखनउबाट उद्धार गरी नेपालगन्ज ल्याइपु¥याइएका झापाका दुईजना बालक आवश्यक प्रक्रिया पूरा गरी बिहीबार उनीहरूको घर परिवारमा पुनःमिलनका लागि पठाइएको छ । झापाको बुद्धशान्ति तीन गाउँपालिकाका १४ वर्षीय बालकुमार देवान र १२ वर्षीय किरण राईलाई चाइल्ड हेल्पलाइन लखनउबाट नेपालगन्ज उपमहानगपालिका उपप्रमुख उमा थापा मगरको टोलीले नेपाल ल्याएको थियो । देवान र राईलाई भारतीय प्रहरीले लखनउको चारबाग बसपार्कबाट कानपुर जान लागेको बेलामा नियन्त्रणमा लिएर उनीहरूलाई चाइल्ड हेल्पलाइन लखनउको जिम्मा लगाएको थियो । चाइल्ड हेल्पलाइन लखनउको आग्रहमा नेपालगन्ज उपमहानगर उपप्रमुख थापा मगरको नेतृत्वमा गएको टोलीले विभिन्न प्रक्रिया पूरा गरी नेपाल ल्याएको थियो । ‘गाउँकै एकजना दाइले पैसा कमाउन जाऊ भनेर उनैको पछि लागेर भारत गएको लखनउ बसपार्कमा भारतीय प्रहरीले पक्रियो अनि बाल हेल्पलाइनमा लग्यो । लखनउमै गाउँको दाइले छाडेर कहाँ गयो गयो थाहा भएन,’देवानले भने। उनीसँगै रहेका राईले पनि अब आफूहरू कहिल्यै पनि घर छाडेर नजाने बताए ।नेपालगन्ज उप महानगरपालिकामा बिहीबार एक कार्यक्रमबीच देवान र राईलाई उनीहरूको घर परिवारमा पु¥याउन उपप्रमुख थापा मगरले समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) काठमाडौंमा कार्यरत बालसंरक्षण अधिकृत भरत अधिकारी र ग्रामीण समाज उत्थान मञ्च नेपाल (रुसुफ) का सचिव सतिष पाठकको जिम्मा लगाएकी छन् ।

२०७४ चैत्र २ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: