A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१२ वर्षीया गर्भवती छोरीको जीवन बचाइदिन आग्रह

१२ वर्षीया आफ्नी छोरीको पेटमा जबरजस्ती करणीका कारण गर्भ रहेपछि चिन्तित ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा अस्थायी बसोबास गर्ने सरस्वती राई९नाम परिवर्तन०ले छोरीको सहज उपचार गरी जीवन बचाइदिन याचना गरेकी छिन् । आर्थिक अवस्था नाजुक रहेको बताउने उनले जिल्ला तहमा उपचार सम्भव नहुने भएकोले सुगम स्थानमा लगेर उपचार गराई छोरीको जीवन बचाइदिन आग्रह गरेकी हुन्। ‘मेरो घरको अवस्थाले नाबालक छोरीको उपचार गर्न सम्भव छैन’उनले भनिन्‘यदि कसैले दया राखेर छोरीको उपचार गरिदिए उसको जीवन बच्न सक्थ्यो’। उनले नाबालक छोरीले पेटमा भएको बच्चालाई जन्मदिन सक्ने अवस्था नरहने भन्दै गर्भ खेर फाले छोरीको ज्यान जोखिमबाट बच्न सक्ने आंकलन गरेकी छन् । परिवर्तित नाम सरस्वतीले ताप्लेजुङ जिल्ला अस्पतालमा यस्तो उपचार सम्भव हुन नसक्ने भन्दै राजधानी सहितका सुगम स्थानमा लगेर छोरीको उपचार गरे ज्यान बच्ने आस रहेको बताईन्। उनका अनुसार ११ पूरा भई १२ वर्ष मात्र लाग्दै गरेकी छोरीको पेटमा तीन देखि साढे तीन महिना सम्मको गर्भ रहेको छ। बच्चाको स्वास्थ्य परीक्षण प्रतिवेदनले समेत पेटमा गर्भ रहेको पुष्टी गरिसकेको छ । पेटमा भएको बच्चा जती समय बढ्दै गयो,उती नै गर्भ खेर फाल्ने प्रकृयामा असहजता हुने बुझेकी उनले यसकार्यमा सहयोग गरिदिन यहाँबाट प्रतिनिधित्व गर्ने संघीय संसद तथा प्रदेश संसदका साथ स्थानीय तहका जनप्रतिनिधि समेतलाई आग्रह गरेकी छन्। बालिकाले बच्चा जन्माए ज्यान नै जोखिममा पर्ने भन्दै उनले बालिकाको पेटमा भएको गर्भ खेर फाल्नुलाई नै अहिलेको सबैभन्दा उत्तम बिकल्पको रुपमा बुझेकी छन्। ‘जसरी सहज उपचार र छोरीको ज्यान बच्छ,उसरी नै उसको उपचारका लागि सबैसँग आग्रह गर्छु’बालिकाकी आमाले भनेकी छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको महिला सेलमा कार्यरत रबिना राईका अनुसार कलिलै उमेरकी बच्चीको पेटमा रहेको गर्भको समयमै व्यवस्थापन नभए गर्भवती बालिकाको जीवन जोखिममा पर्न सक्छ। उनले यसकार्यमा सहयोगका लागि गर्भवती बालिकाकी आमाले बारबार आफूहरुलाई आग्रह गर्दै आएको बताईन्।‘स्वास्थ्य अवस्था जटिल हुन सक्ने सम्भावनालाई हेरेर बालिकालाई सुविधा सम्पन्न अस्पतालमा चाँडै उपचारको व्यवस्था गर्नु राम्रो हुने छ’राईले भनिन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नतेले सुरक्षित गर्भपतन गराउनुनै गर्भवती बालिकाको सबैभन्दा ठूलो कल्याण हुने जानकारी दिए। १२ वर्षीया बालिकाको जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोग लागेका पाँचथरको हिलिहाङ गाउँपालिका घर भएका ३३ वर्षिय राम राई अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हिरासतमा रहेका छन्। पीडित परिवारले दिएको जाहेरीमा राईले गर्भवती बालिकाकी आमा झापा गएको मौका छोपी कोठामा भाईसँगै बस्दै आएकी बालिकालाई अभियुक्त राईले रातको समयमा मुख थुनी जबरजस्ती करणी गरी गर्भवती बनाएको र यो रहस्य नखोल्न दबाब दिएका थिए। घटनाबारे कसैलाई नभन्न दिएको दबाब बेवास्ता गर्दै पीडित परिवारका तर्फबाट शुक्रबार अभियुक्त विरुद्ध हदै सम्मको कारवाही तथा पीडितको सहज उपचारको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ ।

२०७४ चैत्र ११ गते ४:५७ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: