A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह रोक्दै बालबालिका

२८ फागुनमा जाजरकोटको भेरी नगरपालिका–११ जगतीपुरकी १४ वर्षीया विमला विश्वकर्मा र सोही गाउँपालिका–८ भुरका १७ वर्षीय सन्देश विश्वकर्माको बिहे स्थानीय बालबालिकाकै पहलमा रोकियो। उमेर नपुगेका जोडीले बिहे गर्न लागेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जगतीपुर, संगठित महिला सञ्जाल र नमुना जोडी अभियानकर्तालगायतको रोहबरमा बिहे रोकिएको अभियान्ता सुमित्रा विकले बताइन्। किशोरकिशोरीहरूले दुलही र दुलहा पक्षका बाआमालाई सम्झाइबुझाई २० वर्ष पुगेपछि मात्र बिहे गर्ने भनेर हुन लागेको बिहे रोकेका हुन्। सन्देश पाँच र विमलाले चार कक्षामा पढ्दा पढाइ छाडेका छन्। जिल्लामा केड नेपाल र बहुआयामिक विकास तथा अध्ययन मञ्चले बाल विवाहबारे अभिमुखीकरण तालिम दिएपछि किशोरकिशोरीहरू बालविवाहविरुद्धको अभियानमा सक्रिय भएका छन्। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ का १६ वर्षीय राजु विक (नाम परिवर्तन) र सोही गाउँपालिका–२, की १५ वर्षीया सपना विक (नाम परिवर्तन) बीच गत फागुन २६ गते बिहे भयो। बिहेबारे स्थानीय जनजागरण बाल क्लबका सदस्यले थाहा पाएपछि भोजभतेरसहित गरिएको उक्त बिहे एक दिन पनि बढी टिकेन। क्लब सदस्यले सिम्ली प्रहरीचौकी र बाल अधिकारकर्मीको रोहबरमा २० वर्षपछि छोराछोरीका बिहे गराउन अभिभावकलाई राजी गराए।

जाजरकोट र रुकुममा बालबालिकाकै पहलमा बालविवाह रोकेका यी दुई प्रतिनिधि घटना मात्र हुन्। अहिले सहरी र गाउँमा बालबालिका नै बालविवाहविरुद्धको अभियानमा जुटेका छन्। फागुन महिनाभित्रै रुकुकमा पाँचवटा बाल विवाह बालबालिकाकै सक्रियतामा रद्द भएका थिए। विवाहमा सरिक भएका तथा हुन लागेका १० जना बालबालिकालाई आमाबुबाको जिम्मा लगाइएको थियो। फाुगन २१ गते सानीभेरी गाउँपालिकाका विभिन्न दुई ठाउँमा भएका दुई बाल विवाह रद्द भए। त्यसैगरी फागुन १३ एउटा र १४ गते पनि बालबालिकाकै कारण बालविवाह रोेकिएको सिम्ली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गगनसिङ ठकुरीले जानकारी दिए। पछिल्लो समय बालबालिकामा बालविवाह गर्नुहुन्न भन्ने चेतना बढ्दै गएको उनले बताए। फागुनभित्रै पाँचवटा बाल विवाहमा सरिक भएका तथा हुन लागेका १० जना बालबालिकालाई आमाबुबाको जिम्मा लगाइएको छ। ‘२० वर्षमुनि बिहे गर्नु कानुनविपरीत हो’, उनले भने, ‘हामीले पनि बालबिहे गर्ने र गराउनेलाई कानुनी एवं स्वास्थ्य परामर्श पनि दिएर मनाउने गरेका छौं।’ बालबालिकाको बिहे भएको थाहा पाउने बालबालिकाले नै प्रहरी चौकीमा खबर गर्ने गरेको उनले बताए। ‘अभिभावकले सकेसम्म लुकाउन प्रयास गरिरहेका हुन्छन्’, स्थानीय प्रसनी ठकुरीले भने, ‘तर बालबालिका यति सक्रिय हुन्छन्, थाहा पाउनेबित्तिकै प्रहरीलाई खबर पु¥याउँछन्। स्थानीय तहमा गठित बाल क्लब तथा वडा बाल संरक्षण समितिको सक्रियताका कारण पछिल्लो समय जिल्लामा बालविवाह घट्दै गएका छन्। बालबालिकालाई रुकुमेली समाज विकास केन्द्रले बाल विवाहबारे सहजीकरण गरिरहेको छ। बालबालिकाको सक्रियताले बाल विवाह बढ्दै जान थालेको केन्द्रका बाल संरक्षण अधिकृत रामप्रसाद केसीको दाबी छ। जाजरकोटमा १९ वर्ष नपुग्दै ७४ प्रतिशत किशोरकिशोेरीले बिहे गर्ने गरेको महिला तथा बालबालिका कार्यालयकी महिला सुपरभाइजर शकुन्तला आचार्यले बताइन् ।

२०७४ चैत्र ९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: