समाचारमा बालबालिका

१२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

ताप्लेजुङमा १२ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–७, स्थायी घर भएर ताप्लेजुङको फुङलिङ नगरपालिका–२, मा बस्दै आएका ३३ वर्षीय रामकुमार राईले १२ वर्षकी बालिका (नाम परिवर्त सविना) लाई जवरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । सिदीवा गाउँपालिका वडा नम्बर–७, स्थायी घर भएकी फुङलिङ नगरापलिका–२, मा बस्ने बालिकालाई गएको मंसिर १५ गते जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको जनाएको छ । बालिका बिरामी भएपछि जिल्ला अस्पतालमा उपचार गराउँदा गर्भ भएको पत्ता लागेपछि बालिकाले प्रहरीमा राई विरुद्ध जाहेरी दिएका थिए । पक्राउ परेका अभियुक्त राईमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

२०७४ चैत्र ८ गते ८:५० मा प्रकाशित