A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चोरीको आरोपमा पाँच किशोर पक्राउ

प्रहरीले चोरीको घटना संलग्न भएको आरोपमा पाँचजना किशोरलाई झापाको भद्रपुरबाट पक्राउ गरेको छ। झापाको सदरमुकाम आसपासका क्षेत्रमा पछिल्लो समयमा चोरीका घटना बढेसँगै वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले दुई छुट्टाछुट्टै स्थानमा चोरी भएपछि उनीहरूलाई रंगेहात पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार शनिबार विहान भद्रपुर ६ स्थित मदन साफी र ममता श्रेष्ठको किराना पसलमा चोरी भएको थियो। पसलमा चोरी भएको जानकारी पाउन साथ वडा प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जनता चोक छेऊबाट भद्रपुर नगरपालिका ८ निवासी १४ वर्षीय मनिष लिम्बू, सोही ठाँउका १५ वर्षीय सोमलाल मणि, १९ वर्षीय भक्ति रोक्कालाई चोरी गरेको सामानसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। प्रहरी उनीहरूको साथबाट चुरोटका बट्टा, चाउचाउ, साबुन, कैची, टर्च लाइट, सलाई लगायतको सामान बरामद गरेको छ। यता पक्राउ परेका तीन जनाको बयानको आधारमा प्रहरीले भद्रपुर ५ स्थित घोडामारा बस्ने १७ वर्षीय राजेश टुडुलाई समेत पक्राउ गरेको छ। उनीहरूले शुक्रबार राति चन्द्रगढी बजारमा पाँच वटा पसलमा समेत चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। त्यसैगरी भद्रपुर– पृथ्वीनगर सडकखण्ड अन्तरगत भद्रपुर ६ स्थित चियाबगानमा मे १ त ४३२२ नम्बरको ट्याक्टरबाट एक लाख रुपैयाँ चोरी गर्ने भारत आसाम निवासी १५ वर्षीय सोनी शर्मालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बेलुका चियाबगानमा ट्याक्टर रोकी चालक लक्ष्मण महत्तो शौचालय गएको मौका छोपी सुभान ट्याक्टर ग्यारेजमा काम गर्ने शर्माले ट्याक्टरको डिकीबाट एक लाख रुपैयाँ चोरी गरी फरार भएका थिए। एक लाख रुपैया चोरी भएको सूचना पाएलगतै प्रहरीले उनलाई सुभन ग्यारेजबाटै नगद पाँच हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ परेका शर्मासँग चोरी भएको रकमको बारेमा सोधपुछ गर्दा भद्रपुर ६ स्थित बोक्तोबारी रहेको परालको कुनिउँमा एक लाख रुपैया लुकाएको बयान दिएका थिए। प्रहरी त्यहाँबाट रकम फेला पारिसकेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जगेवूले जानकारी दिए। यता पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापा पठाइसकेको उनले बताए।

२०७५ भदौ ९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: