A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भतिजी बलात्कार गर्न खोज्ने पक्राउ

आफ्नो भतिजी नाता पर्ने एक १४ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने सिद्धलेक गाउँपालिका–५ कुम्पुरका १८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।उनले बालिकाको आमा बच्चा बिरामी भएर उपचारका लागि गएको र बुबा विदेश गएकोले घरमा एक्लै भएको मौका पारी मंगलबार दिउँसो बलात्कारको प्रयास गरेका थिए । बलात्कारको प्रयास गर्दा मारिदिने धम्की दिएपछि पीडितले प्रतिकार गर्ने र आरोपीले बलात्कार गर्न खोज्दा पीडित बालिका घाइते भएको जनाइएको छ । घाइते बालिकालाई गाउँबासीले उद्धार गरी जिल्ला अस्पताल पुर्याएका थिए । पीडित बालिकाको जिल्ला अस्पताल र धादिङ सामुदायिक आँखा अस्पतालमा उपचार भएको छ । आरोपीले जबरजस्ती गर्न खोज्दा बालिकाको दुवै आँखामा रगत जमेको छ भने घाँटीमा निलडाम हुनेगरि घाउ भएको छ ।घटनापछि पीडित पक्षले बुधबार जाहेरी दर्ता गराएको छ भने आरोपीलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । आरोपी पीडितको काका पर्ने भएकोले करणी उद्योग र हाडनाता करणी उद्योगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ । 

२०७५ भदौ ६ गते ८:१८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: