A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8o0ta956vkflnttjsg68kfs3e86hs5u7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पढाइ छाड्दै किशोरी

घरमा आमा एक्लै । उनले मेलापात र पशु चरनको काम भ्याउन गाह्रो परेपछि सघाउनका लागि रचना घर्तीले गत जेठबाट पढ्न जान छाडिन् । ढोरपाटन ७ बोबाङस्थित ज्ञानोदय माविमा उनी ७ कक्षामा पढथिन् । ढोरपाटन आरक्षको क्षेत्रतर्फ लेकमा चराउन पशु लिएर गएपछि महिनौं उतै बस्ने र जाडो मौसम लागेपछि गाउँ झर्ने धेरै परिवारको दैनिकी छ । यस्तै परिवार रचनाको पनि हो । चरनका लागि पशु लिएर उक्लनेहरू लेकमा आलु खेती गर्छन् । गाउँ झर्दा तल्लो भेगमा गहुँ लगाउँछन् । वर्षभरि खाने प्रायस् त्यही हो । भात खानुपर्दा बुर्तिबाङबाट चामल किनेर लैजानुपर्छ । खाने–बस्ने ठेगान पनि नभएपछि घर्तीजस्ता थुप्रै बालबालिका विद्यालयमा नियमित छैनन् । गाउँलेको लेक–बेंसीको दैनिकी बुझेको भएर उनीहरू कता गए, किन आएनन् भन्ने खोजी विद्यालयले पनि गर्दैन । ६र७ कक्षा पढदा पढदै छाड्ने छात्रामध्ये धेरैलाई पछि भेटदा विवाह गरेको पाइने शिक्षकहरू बताउँछन् । ‘१३ दखि १४ वर्षको उमेर पुगेपछि काम गर्न सक्ने भए । अब स्कुल आउनेहरू घटिरहन्छन्,’ शिक्षक होममाया अदैले भनिन्, ‘कतिपयले विवाह गरेर पढाइ छाडेका छन्, कतिपयले घरधन्दा सघाउन छाड्छन् ।’ जेहेन्दार केही विद्यार्थी आउन छाडदा शिक्षकलाई पनि नरमाइलो लाग्छ । त्यस्ता कतिपयको सोधीखोजी गर्दा बिहे गरेर गएको खबर पाइने गरेको उनले बताइन । ‘४र५ वर्ष अघिको तुलनामा विद्यालय उमेरमा विवाह गर्ने दर अहिले अलि घटेको छ तर, पढदा पढदै छाड्ने दर उस्तै छ,’ उनले भनिन्, ‘बस्ने खाने टुंगो नहुँदा बालबालिकाले विद्यालयस्तरकै शिक्षा पुरा गर्न पाएका छैनन् ।

विद्यालयमा बिद्यार्थी संख्या घट्नुमा बालविवाह र सानैदेखि मजदुरी गर्न थाल्ने चलन कारण रहेकोमा प्रधानाध्यापक यामबहादुर कायत पनि सहमत छन् । ‘पहिला जस्तो विकराल समस्या त छैन तर, हामीले रोकेर रोकिदैंन,’ उनले भने, ‘अझै चेतना स्तर बढ्न नसक्दा बीचमै कक्षा छाड्ने दर घट्न सकेन ।’ यसपटक पनि गत बैशाखयता मजदुरी, घरधन्दाका लागि र विवाह गरेर कक्षा छाड्नेको संख्या उल्लेख्य भइसकेको उनले बताए । कक्षा २ मा पढ्ने हितन बिक र बिसाल बिकले अभिभावकसँगै बसाइँ सर्दा पढ्न आउन छाडेका छन् । ‘पहिला पहिला बच्चा च्यापेरै पनि स्कुल आउनेहरू हुन्थे । अहिले विवाह गरेर पढाई छाड्छन्,’ शिक्षक अदैले भनिन्, ‘अझै हामीले सानो उमेरको विवाह रोक्न सकेनौं ।’ नयाँ मुलुकी संहिताले २० बर्षको उमेरमा मात्र बिवाह गर्ने कानूनी व्यवस्था गरेको छ । यहाँ कानुनी र व्यावहारिक चेतनाका समेत अभाव भएको उनले बताइन् । अभिभावक मेलापात गएपछि पढ्न कर लगाउने कोही नहुनुले बालबालिकाको कक्षामा जाने बानी छुट्छ । केही बालबालिकाले अभिभावकसँगै खेतीपातीमा जानुपरेकाले पढाइ छुटेको गुनासो पनि गर्छन् । पढ्ने चाहना भएर पनि नियमित बन्न नसकेको दुस्खेसो गर्ने पनि छन् । ‘ढोरपाटन जाने आउने गर्दा धेरै दिन पढाइ छुटेको छ,’ कक्षा ९ की छात्रा भगीमला विकले भनिन्, ‘काम नगरे खान पुग्दैन । त्यसैले स्कुलमा रेगुलर हुन सकेका छैनौं ।’ सँगैका केही साथीले विवाह गरेर पढाइ छाडेको उनले बताइन् । केहीले भने मजदुरी र मेलापात गर्नुपर्दा छाडेको बताएका छन् । बिककी साथी समीक्षाले कक्षा ८ पढ्दापढ्दै विवाह गरेर पढाइ छाडेको बताइन् । समुना घर्तीले छोरा जन्माएकाले कक्षा ७ मै पढाइ छाडेकी थिइन् । बालविवाह रोक्न चेतना फैलाउने यहाँ कुनै कार्यक्रम नभएको शिक्षकहरू बताउँछन् । ‘हामीले भनेको भन्दा अधिकारको क्षेत्रमा काम गर्नेहरूले आएर साक्षरता अभियान सञ्चालन गरिदिए बालविवाह रोकिन्थ्यो,’ शिक्षक अदैले भनिन्, ‘अभिभावकमा शिक्षाको कमी भएपछि परिवारमा त्यसको प्रभाव पर्ने रहेछ ।’ बाल्यावस्थामै हुने विवाहले पर्ने शारीरिक, मानसिक र समाजिक असर बारे बृहत चेतनामूलक कार्यक्रम आवश्यक रहेको उनले बताइन् । विपन्न र दलितको घना बस्ती भएकाले ती क्षेत्रमा साक्षरतासहित आर्थिक समृद्धिको कार्यक्रम सँगै लगेर मात्र समस्या निराकरण हुने ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल बताउँछन् । ‘यो सामाजिक मात्र नभई आर्थिक कारणले पनि रहेको समस्या हो,’ उनले भने, ‘अभिभावकले पढाउने लेखाउने भन्दा बच्चा हुर्केपछि विवाह गरेर जाउन भन्ने चाहना राखेपछि यस्तो समस्या भएको हो ।शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकमा चालु शैक्षिक सत्रमा जिल्लाका २ सय ५० बालबालिकाले बीचैमा पढाइ छाडेका छन् । यसरी छाड्नेमा ढोरपाटन क्षेत्रका बिद्यार्थीको संख्या अधिक छ । केही बजार क्षेत्रका मजदुर परिवारका बालबालिका छन् । चाहेर पनि त्यतिनै संख्यामा बालबालिका विद्यालय भर्ना समेत गराउन नसकिएको इकाइ प्रमुख कुश्मराज उपाध्यायले बताए ।

२०७५ भदौ ११ गते ९:४६ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: