A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए । बालकहरु बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले आज बिहान बेपत्ता भएका मध्ये कृष्ण महतोको शव फेला पारेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए । चार जनाको समूहमा कमला नदी जल भर्न पुगेका मध्ये एक जना बालकलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरे पनि बाँकी तीन जना कमला नदीमा डुबेर बेपत्ता भएका थिए । पहाडी क्षेत्रमा वर्षा भएकाले कमला खोलामा दुई दिनदेखि पानीको बहाव बढेकाले खोजी उद्धारमा समस्या भए पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो । 

२०७५ भदौ १० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: