A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रहस्यमय बन्यो बालिका बलात्कार

नयाँ मुलुकी अपराध (संहिता) लागू भएको एक साता नबित्दै ललितपुरमा नाटकीय रूपमा बालिका बलात्कृत भएको घटना बाहिर आएको छ। भदौ १ गते गोरखाबाट काठमाडौं आएकी तेह्रवर्षीय बालिका गत मंगलबार गोदावरी जंगलमा बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ। ती बालिकाले गोरखामै कक्षा ६ सम्म अध्ययन गरेको प्रहरीलाई बताएकी छन्। प्रहरीले दोषी भने अहिलेसम्म पक्राउ गर्न सकेको छैन। बालिकालाई बाडेगाउँ प्रहरीले मंगलबार साढे ५ बजे सातदोबाटो वृत्तमा ल्याएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी विनोद सिलवालले जानकारी दिए। बालिकालाई करिब साढे ४ बजेको समयमा गोदावरी बसपार्क नजिकै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए। भदौ १ गते १५ वर्षीया दिदीसँगै काठमाडौँ आएकी बालिकालाई दिदीले गंगालाल अस्पतालमा कार्यरत नर्सको घरमा काम लगाइदिएको प्रहरीको भनाइ छ। ती नर्सले बालिकालाई माइतीघर (बालुवाटार) पुर्‍याएकी थिइन्। तर बालिकाले काम गर्न मन गरिनन्। त्यसपछि निस्किएर हिँडेकी थिइन्।

बालिका स्वयम्भूस्थित एक प्रतीक्षालयमा बसिरहेको बेला बिहान ११ बजेतिर एक अपरिचित पुरुष आएर गोरखा पुर्‍याइदिने र पाँच सय रुपैयाँ पनि दिने भनी प्रलोभन देखाएपछि बाइक चढेर गएको प्रहरीलाई बताएकी छन्। त्यसपछि गोदावरी जंगलमा पुर्‍याएर बलात्कार गरेको बालिकाले बताएकी छन्। बालिकालाई लोकेसन’थाहा नभएकाले अनुसन्धान गर्न समस्या भइरहेको सिलवालको भनाइ छ। ‘बालिकाले कुनै ठाउँ, बाइक नम्बर जस्ता कुरा बताउन सकेकी छैनन्’, उनले भने। अनुमानको भरमा अनुसन्धान अघि बढाउन समस्या परेको उनले बताए। अनुसन्धान पूरा गर्न प्रहरीले मेट्रो प्रहरी तथा काठमाडौंदेखि सीसीटीभी फुटेज मगाएर अनुसन्धान अगाघि बढाएको छ। ‘कम्तीमा ठीक ठाउँ बताउन सकको भए अनुसन्धान गर्न सजिलो हुन्थ्यो’, सिलवालले भने। कतिपय घटनामा मान्छे चिने पनि मोटरसाइकल नम्बर नदेखिने प्राविधिक समस्या भएको पनि उनले बताए। प्रसूति गृहमा बालिकाको मेडिकल परीक्षण गरिएको भए पनि रिपोर्ट आइसकेको छैन। यस्ता घटना निर्मूल गर्न अभिभावक पनि उत्तरदायी हुनुपर्छ उनले भने। नयाँ मुलुकी अपराध संहिता लागू भएपछि ललितपुर प्रहरीमा दर्ता भएको पहिलो घटना हो। मुलुकी अपराध (संहिता) ले १० देखि १४ वर्ष उमेरसमूहका बालिका बलात्कार गर्नेलाई १४ देखि १६ वर्ष कैद सजायको व्यवस्था गरेको छ।

२०७५ भदौ ८ गते १०:४७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: