समाचारमा बालबालिका

जनै फेर्न गएका बालक खोलाले बगाएर बेपत्ता

नुहाएर जनै फेर्न बुवासँगै घरबाट निस्किएका एक बालक खोलाले बगाएर बेपत्ता छन्। पाँचथरको सुभाङ घर भई सदरमुकाम फिदिम बजारको गणतन्त्र चोकमा पसल गर्दै आएका राजेन्द्र उप्रेतीका नौ वर्षीय छोरा डेनिस उप्रेतीलाई हेंवा खोलाले बगाएर बेपत्ता बनाएको हो। नमुना माविमा कक्षा एक मा अध्ययनरत डेनिशको खोजि भईरहेको छ। नुहाउने क्रममा खोलामा चिप्लिएर बेपत्ता भएका डेनिशको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ। नुहाएर जनै फेर्न फिदिमको हेंवा र फेमे खोलाको दोभानमा ठूलो संख्यामा मानिसको उपस्थिति रहेको थियो। सबै जना नुहाउने कर्ममा रहेका बेला डेनिस चिप्लिएर खोलामा पसेका थिए। छोरो चिप्लिएर खोलामा पसेको देखेपछि बुवा राजेन्द्रले निकाल्न प्रयत्न गर्दा गर्दै डेनिसलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। खोलमा बाढी आएकाले खोजि कार्य सहज नभएको प्रहरीले जनाएको छ। 

२०७५ भदौ १० गते २:०३ मा प्रकाशित