A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessions4nnd8gnbvsdufi5q26822d6vd7er8lm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कक्षाकोठामा मोबाइल प्रयोग गर्ने शिक्षकको आधा तलब कट्टा

चौरपाटी गाउँपालिका–६ दुनीस्थित पञ्चकोटी आधारभूत विद्यालयले कक्षाकोठामा मोबाइल प्रयोग गरे सो दिनको आधा तलब कट्टा गर्ने नियम बनाएको छ । कक्षाकोठामा शिक्षकले पठाउनेभन्दा पनि मोबाइलमै बढी समय बिताउन थालेको विद्यार्थीले गुनासो गरेपछि अविभावक भेलाले यस्तो नियम बनाएको हो ।शिक्षकहरू पढाउन छोडेर मोबाइलमा व्यस्त हुन थाले । पढाउने कुरामा त वास्ता नै हुँदैन । त्यसो नगर्न कैयौँपटक आग्रह गर्दा पनि सरहरूले मान्नुभएन, विद्यार्थीको गुनासो उद्धृत गर्दै खडक साउँदले भने, ‘सरहरूको मोबाइल चलाउने बानीले हाम्रो पढाइ बिग्रियो, हजुरले सम्झाइदिनुप¥यो भने सोहीअनुसार निर्णय भएको हो । चार वर्षअघि सेभ द चिल्ड्रेन र वाक नेपालले स्थापना गरेको गुनासो सुनुवाइ संयन्त्रअन्तर्गत विद्यालयमा राखेको सुझाबपेटिकामा विद्यार्थीले खसालेको पत्रको आधारमा प्रधानाध्यापक साउँदले विद्यार्थीलाई छलफलका लागि पनि बोलाएका थिए । त्यसपछि कक्षामा मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाइएको प्रधानाध्यापक साउँदको भनाइ छ । ‘विद्यार्थीको व्यापक गुनासो आयो,’ प्रधानाध्यापक साउदले भने, ‘यसबारे अभिभावक भेलामा पनि कुरा चल्यो ।

शिक्षकको मोबाइल प्रधानाध्यापककै कक्षमा
सामान्य निर्देशनले समस्या रोकिने नदेखिएपछि प्रधानाध्यापककै कार्यकक्षमा मोबाइल फोन राख्न ब्याग तयार गरिएको छ । सबै शिक्षकले सोहीअनुसार कक्षामा जानुअघि मोबाइल जम्मा गर्दै आएका पनि छन् । विद्यार्थी, अभिभावक र शिक्षककै सल्लाहमा पढाइ सुधारका लागि यस्तो गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनदेवी खड्काले बताइन् ।

२०७५ भदौ १० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: