समाचारमा बालबालिका

फेवातालमा १७ वर्षीया किशोरीको शव फेला

पोखरा पुम्दीभुम्दी घर भएकी एक किशोरीको शव ड्यामसाइडस्थित फेवातालमा भेटिएको छ। आइतबार रातिदेखि सम्पर्कविहीन १७ वर्षीया सुस्मिता लामिछानेको शव फेवाताल किनारामा भेटिएको हो। आइतबार बेलुका साढे ४ बजे घरबाट निस्किएकी उनी राति १२ सम्म सम्पर्कमा रहेको त्यसपछि ‘गुड बाई’ म्यासेज पठाएर सम्पर्कमा नआएको आफन्तको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ। छोरेपाटन उच्च माविमा कक्षा १० मा अध्ययनरत लामिछानेको ड्यामसाइडस्थित फेवाताल किनारमा झोला र मोबाइल भेटिएपछि प्रहरीले त्यसकै आधारमा सर्चअघि बढाएको थियो। सोही क्रममा खोजी गर्दै जाँदा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

२०७५ भदौ ११ गते १२:३० मा प्रकाशित