A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पोखरामा १३ वर्षीया बालिकाको रहस्यमय मृत्यु : बलात्कारपछि हत्याको शंका

पोखरा महानगरपालिका-१९ लामाचौरकी १३ वर्षीया बालिकाको मृत्यु रहस्यमय बनेको छ। बिहीबार विद्यालयबाट अध्ययन सकेर बहिनीसँगै घर फर्कने क्रममा घरभन्दा एक सय मिटर वरै स्कुल बसबाट ५ः३० बजे एक्लै ओर्लिएकी पुष्पा केसी शुक्रबार साँझ गाउँ नजिकै मृत फेला परेकी हुन्।केसी विन्ध्यवासिनी मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुन्। छोरी अघिल्लो दिनको साँझदेखि नै हराएपछि परिवार र आफन्तले हारगुहार गरेपछि खोजीका क्रममा घरदेखि करिब दुई किलोमिटर पर फापरतरोमा बालिका मृत अवस्थामा फेला परेकी हुन्। बालिकाको पुस्तकसहितको झोला घटनास्थलभन्दा २ सय मिटर वर प्लटिङमा फेला परेको थियो। शवको प्रकृति हेर्दा बालिकाको बलत्कार प्रयासपछि हत्या भएको हुन सक्ने स्थानीयले शंका गरेका छन्। बालिकाको शव एकान्त र झाँडीभएको भिरमुनिको भिरालो जमिनमा फेला परेको हो। जामा र जुत्ता शव भन्दा केही पर फेला परेको थियो। बालिकाका काका धु्रव केसीले छोरीको रहस्यमय रुपमा हत्या भएको भन्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। विद्यालय बसले बालिकालाई घरमै नझारेर बीचबाटोमा ओराल्नु कमजोरी भएको उनले बताए। बहिनीलाई स्कुल बसले घर अगाडि नै झार्नु र केटाकेटीले भनेकै आधारमा दिदी पुष्पालाई घरभन्दा वरै झार्नु विद्यालय प्रशासनको कमजोरी भएको उनले सुनाए। बालबालिका घरसम्म पुर्यााउनु विद्यालय प्रशासनको काम हो। बीचबाटोमै ओरल्दा गलत नियत राख्नेको फन्दामा छोरी परेको उनले बताए। पोस्टमार्टमको प्रारम्भिक रिपोटमा बालिकाको टाउँकोमा रगत जमेको देखिएको छ। यसैगरी छाती र देब्रे फोक्सोमा चोट देखिनुको साथै देब्रे खुट्टाको कुर्कुच्चा भाँचिएको पाइएको पोस्टमार्टममा सहभागी डाक्टरले बताएका छन्। यसैबीच बालिका अध्ययरत विद्यालय विन्ध्यवासिनी माविले शनिबार विज्ञप्ति जारी गरी घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरेको छ। विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चन्द्रा थापाद्वारा जारी विज्ञप्तिमा सत्य, तथ्य यथाशीघ्र छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। 

२०७५ भदौ ९ गते ७:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: