समाचारमा बालबालिका

नालामा डुबेर बालकको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहमा १४ वर्षीय दिनेश महराको नालाको पानीमा डुबेर बुधवार मृत्यु भएको छ। कल्भट नजिकै खेल्ने क्रममा पानीमा खस्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। पानीमा खसेपछि स्थानीय बासिन्दाले तत्कालै उद्दार गरी अस्पतालतर्फ लैजाने क्रममा बालकको मृत्य भएको उनको भनाई रहेको छ।

२०७५ भदौ ६ गते प्रकाशति