A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvr4ueouobee8k4q2k0vvhqm9df9p9bd): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थी बेहोस, विद्यालय बन्द

एक हप्तादेखि विद्यार्थीमा अनौठो लक्षण देखिएपछि रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ९ नुवाकोटस्थित हिमालय जनता मावि बन्द गरिएको छ । पछिल्लो एकसातादेखि विद्यार्थीमा अनौठो लक्षण देखा परेको छ । कक्षा ६ र ७ मा अध्यनरत छात्राहरुमा बरबराउने, साथीलाई झम्टिने जस्ता अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनककुमार बिकले जानकारी दिनुभयो ।‘विद्यार्थीहरुमा पछिल्लो केही दिनदेखि अनौठो लक्षण देखिन थालेको छ’, उहाँले भन्नुभयो, ‘दैनिक ७ जनासम्म विद्यार्थीमा यस्तो लक्षण देखिन थालेको र यो क्रम नरोकिएपछि आजबाट तीनदिनका लागि विद्यालय बन्द गरेका हौं । अध्यक्ष बिकका अनुसार बुधबार पनि सातजना छात्रा विद्यार्थीमा यस्तो लक्षण देखिएको थियो । अहिलेसम्म १२/१५ जना छात्रामा यस्तो समस्या देखिएको छ । केही नयाँ थपिने गरेका छन् भने अधिकांश पुरानै बिरामी दैनिक यस समस्याबाट पीडित भैरहेको विद्यालयले जनाएको छ । विद्यार्थीमा अनौठो लक्षण देखिएको खबर आएपछि स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाट डाक्टर टपेन्द्र कोइराला र अहेव इश्वर रावललाई विद्यालयमा पठाइएको हो । 

२०७५ भदौ ७ गते १०:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: