A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बिहे गर्ने उमेरमै सम्बन्ध बिच्छेद

आँधीखोला गाउँपालिकाका राजेन्द्र लामिछानेसँग ३ वर्षअघि बिहे हुँदा सबिना क्षेत्रीको उमेर १७ वर्षमात्र थियो। उनको २३ वर्षे राजेन्द्र लामिछानेसँग विवाह भएको थियो। तर, अहिले उनीहरुबीच अदालतबाटै सम्बन्धविच्छेद भइसकेको छ। खुसी साथ विवाह बन्धनमा बाँधिएका उनीहरुको सम्बन्ध ३ वर्ष पनि टिक्न सकेन। करिब ६ वर्षअघि विवाह गरेका फेदीखोला गाउँपालिकाका लालकुमारी क्षेत्री र अर्जुनचौपारी गाउँपालिकाका भीमबहादुर क्षेत्रीको पनि गत वैशाखमा सम्बन्धविच्छेद भयो। सम्बन्धविच्छेद गर्न आउँदा २३ वर्ष पुगेकी ती युवती विवाहको समयमा १७ वर्षकै थिइन् भने उनका पति २६ वर्षका। विभिन्न शंकाका कारण उनीहरुबीच सम्बन्ध सुमधुर हुन सकेन। एकातिर दाम्पत्य जीवन भत्कियो अर्कोतिर नाबालक छोराले कि त आमा रोज्नु पर्योा, कि बाबु। आँधीखोला गाउँपालिका २३ वर्षे सबिना आचार्य र ३४ का कमल पौडेलले पनि आपूmखुसी जीवन बिताउने भन्दैै पति पत्नीबीचको सम्बन्ध टुटाएका छन्। करिब ४ वर्षअघि विवाह गरेका उनीहरुले पनि साउनमा सम्बन्धविच्छेद गरेको जिल्ला अदालतको अभिलेखमा छ। १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी उनलाई कर्म घरको बसाइ सहज बनेन। राजीखुसीमा अदालतबाटै सम्बन्ध टुटाए।

उनीहरु जस्तै, स्याङ्जा जिल्ला अदालतमा सम्बन्धविच्छेदका सबैभन्दा धेरै मुद्दा पर्ने गर्दछन्। विगतका केही वर्षदेखि जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दाको चाङ् नै लाग्ने गरेको छ। सम्बन्ध बिच्छेद गर्न आउनेमा उमेर नै नपुगी विवाह गर्ने र ३र४ वर्षमै सम्बन्ध टुटाउनेको संख्या बढी छ। आर्थिक वर्ष २०७४/०७५ मा सम्बन्ध बिच्छेदको मुद्दा २ सय ३० वटा दर्ता भएकोमा २ सय १२ जनाले सम्बन्ध बिच्छेद गरेका छन्। अन्य १८ जनाको भने प्रक्रियामा रहेको जिल्ला न्यायधीश रमेशकान्त अधिकारीले जानकारी दिए। बिहे गर्ने उमेर नै नपुगी कलिलो उमेरमा बिहे गर्ने र बिहे गर्ने उमेर भएपछि सम्बन्ध बिच्छेद गर्न आउनेको संख्या बढ्दो छ, यो सामाजिक समस्या हो’, न्यायधीश अधिकारीले भने बालिका शिक्षा र कानुनी चेतनामा बारेमा जानकारी दिन जरुरी छ। जिल्ला अदालत स्याङ्जाले मुद्दाको ७३ दशमलब १२ प्रतिशत मुद्दा किनारा लगाएको अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए। ‘गतवर्ष भन्दा यसवर्ष ४७ थान मुद्दा बढी किनारा लगाइएको छ’, स्रेस्तेदार आचार्यले भने ‘अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएको १ सय ८२ र यस वर्षका ५ सय ६२ गरी ७ सय ४४ मुद्दा दर्ता भएका हुन। साउनको २७ गतेका दिनमा मात्र ६ वटा सम्बन्ध बिच्छेद भएको छ। अदालतमा दर्ता भएका विभिन्न ४६ शीर्षकका मुद्दा मध्ये ३१ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका मात्र हुन। आर्थिक वर्ष २०७४/०७५ मा दर्ता ७ सय ४४ मुद्दा मध्ये सम्बन्ध बिच्छेदका मात्र २ सय ३० वटा हुन्। एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु, छोटो समयमै विवाहको निर्णय गर्नु, वैदेशिक रोजगार, स्वतः हुने सम्बन्ध बिच्छेद लगायतका विविधि कारण्ले पनि सम्बन्ध बिच्छेद हुने गरेको छ।

२०७५ भदौ १० गते १०:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: