A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionath4rrhg6i09g573427fcpe6n1vddnmo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जनकपुरमा वीसीजी सुइको अभाव, टिवी रोगको खतरा

जनकपुरका सरकारी स्वास्थ्य संस्थामा तीन महिनायता नवजात शिशुलाई लगाइने पहिलो सुइ (वीसीजी खोप) अभाव भएको छ । सरकारी स्वास्थ्य संस्थामा यो खोपको सिरिञ्ज अभाव भएपछि सेवाग्राहीहरु नीजि क्लिनिकबाट खरिद गर्न बाध्य भएका छन् । जनस्वास्थ्य कार्यालयको लापरवाहीले सेवाग्राहीहरु मर्कामा परेका परिरहेका बेला निजी क्लिनिकहरुले भने महंगो मूल्यमा बेचिरहेका छन् । जन्मेदेखि एक वर्षमा जतिसक्दो छिटो लगाउनुपर्ने वीसीजी सुइ जनस्वास्थ्य कार्यालय धनुषामा सकिएपछि जिल्लाभरनै यसको प्रभाव परेको छ । मुदायिक अस्पतालमा सित्तैमा पाइने सुइ वीसिजी नीजि क्लिनिकमा भने ४ सय रुपैयाँसम्ममा खरिद गरि लिनुपर्ने बाध्यतासँगै पैसा नहुनेले सुई नलगाईकनै फर्किनु परिरहेको गुनासो गरेका छन् । जनकपुरस्थित स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासंघका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले वीसीजी सुइको अभाव हुन नदिन प्रयासरत रहेको बताए । उनले खरिद प्रक्रिया अगाडि बढाइए पनि टेक्निकल समस्याका कारण हाल अभाव भएको बताए । महाशाखाले ११ लाख विसीजी सुइका लागि ५८ लाख बजेट छुटयाएर खरिद प्रक्रिया अगाडि बढाएको छ । तर, टेक्निकल समस्याका कारण खरिद प्रक्रिया स्थगित भएको छ । महाशाखाले समस्या समाधानको उपाय खोजिरहेको छ श्रेष्ठले रातोपाटीलाई बताए ।जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख हरिशचन्द्र साहले मुलुक संघीयतामा गएकाले कर्मचारीहरुको फेरबदलका कारण समयमा ध्यान दिन नसकिएको बताए । उनले जनस्वास्थ्य कार्यालय खारेजीकै प्रक्रियामा रहेकोले वीसीजी सुइ सर्टेज भएको भन्दै औषधीहरु अभाव हुन नदिने प्रष्ट्याए । नवजात शिशुहरुलाई क्षयरोग टिवी रोग लाग्नबाट वचाउनका लागि जन्मेको एक वर्ष भित्रमा विसीजी सुइ लगाउनुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

२०७५ कार्तिक १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: