A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार घटनाले अभिभावक त्रासमा

अपहरण तथा बलात्कारका घटनाले अभिभावक डराउन थालेका छन्। उनीहरू बालबालिकालाई घरबाहिर खेल्न वा एक्लै घुमफिर गर्न दिन डराउन थालेका हुन्। महोत्तरीमा सातमहिने बालिकाको अपहरणपछि हत्या, धनुषामा १० वर्षीयाको सामूहिक बलात्कार गरी हत्यालगायत घटनाले छोरीलाई सुरक्षित राख्न चुनौती बढेको अभिभावक बताउँछन्। ‘मेरी १३ वर्षकी छोरी छे। उनलाई पहिला घरभन्दा २ सय मिटर दूरीमा रहेको विद्यालय एक्लै जान दिन्थें’,जनकपुरधाम–४ की शिला साहले भनिन्, ‘तर, बालिका बलात्कारका समाचार बढी आउन थालेपछि म छोरी पुर्यााउन र लिन विद्यालय जाने गर्छु। अपराधीले बढीजसो बालबालिकालाई निशानामा पार्ने गरेको देखिएकाले एक्लै विद्यालय पठाउन अभिभावकलाई डर हुुन थालेको छ। पहिला बालबालिका टोलमा साथीहरूसँग घुमफिर गर्थे, खेल्थे’,शिक्षिका मीना झाले भनिन्, तर, आपराधिक गतिविधिमा बढोत्तरीले अहिले टोलहरू सुनसान भएका छन्। बच्चालाई सुरक्षाका लागि घरभित्रै राख्नुपर्ने अवस्था आएको छ।’ यस्तोमा बालबालिकाको वृत्ति विकासमा समस्या हुने झाको भनाइ छ। प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष बलात्कारका घटनामा डेढ गुणाले वृद्धि भएको तथ्यांकले देखाएको छ। जनवरीदेखि सेप्टेम्बरसम्ममा २८ महिला तथा ९० बालिका बलात्कृत भएको इन्सेकले जनाएको छ। नौ महिना अवधिमा भएका बलात्कार घटनामा सबैभन्दा बढी बालिका नै परेको जनाइएको छ।

तथ्यांकअनुसार धनुषामा ७ बालिका र २ महिला बलात्कारको सिकार भएका छन्। त्यसैगरी, १० महिलामाथि यौन दुव्र्यवहार भएको छ। गत वर्ष धनुषामा ५ बालिका र एक महिला बलात्कारमा परेका थिए। महोत्तरीमा ६ बालिका र २ महिलामाथि बलात्कार भएको छ भने तीन जना यौन दुव्र्यवहारको सिकार भएका छन्। गत वर्ष ४ बालिका र ६ महिला बलात्कृत भएका थिए। सप्तरीमा २५ बालिका र ९ महिला बलात्कृत भएको तथ्यांकमा उल्लेख छ। प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी बलात्कार घटना भएको सप्तरी नै हो। यहाँ १८ महिलाले आफूमाथि यौन दुव्र्यवहार भएको निवेदन दिएका छन्। गत वर्ष यो जिल्लामा ११ बालिका र १० महिला बलात्कारमा परेका थिए। सर्लाहीमा ३ बालिका र ३ महिलामाथि बलात्कार भएको छ। सिरहामा १६ बालिका र ८ महिलाले बलात्कार भोग्नुपरेको छ भने ३२ जना यौन दुव्र्यवहारबाट पीडित भएका छन्। बारामा ४ बालिका र २ महिला बलात्कृत भएका छन्। पर्सामा ७ बालिका र दुई महिलामाथि बलात्कार भएको छ। बलात्कार घटनामा बढीजसो बालिका पर्ने गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। उनका अनुसार प्रतिकार गर्न नसक्ने भएकाले अपराधीले बालिकालाई निशाना बनाउने गरेका छन्। छोरीलाई कुनै पनि व्यक्तिद्वारा हुने अनौठो व्यवहार वा नकारात्मक छुवाइबारे सचेत गराई त्यसको विरोधका लागि अभिभावकले तयार गर्नुपर्ने अधिकारकर्मी विभा ठाकुरको भनाइ छ।

२०७५ कार्तिक १२ गते १:०२ मा प्रकाशित        

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: