समाचारमा बालबालिका

बलात्कारीको निसानामा बालिका

भक्तपुरको चाँगुनारायणमा अपागंता भएकी १३ वर्षीया बालिका गत सोमबार सामूहिक बलात्कारको शिकार भएकी छिन्। ती बालिकालाई घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले स्थानीय ७० वर्षीय श्यामबहादुर मिजार र घेटेरो सार्कीलाई पक्राउ गरेको छ। गत भदौ १० गते काठमाडौंको बालाजुस्थित एक खाजाघरको शौचालयमा १४ वर्षीया बालिकालाई जबर्जस्ती शौचालयमा लगेर करणी गरेको आरोपमा साजन बोहरा पक्राउ परेका थिए। शौचालयबाट बालिकाले अस्वाभाविक ढंगले चिच्याएपछि खाजाघर सञ्चालकले शौचालय खोल्दा बालिकालाई जबर्जस्ती गरिरहेको अवस्थामा बोहरा भेटिए। त्यसपछि स्थानीयले बालिकाको उद्धार गरेका थिए। बालिकामाथि बलात्कार गरेको उजुरीका आधारमा बोहरालाई पक्राउ गरिएको छ। जबर्जस्ती करणी मुद्दामा अदालतबाट उनको म्याद थपी अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ। अधिकांश घटनामा बलात्कारीले आर्थिक रूपमा कमजोर परिवारका सदस्य रहेका र शारीरिक रूपमा अशक्त बालबालिकालाई नै जबर्जस्ती गर्ने गरेको पाइएको छ। गलत मनोवृत्ति र व्यवहार भएका पुरुषबाट शारीरिक अपागंता भएका, सुस्तमनस्थिति, बोल्न नसक्ने तथा आर्थिक अवस्था अत्यन्त दयनीय भएका परिवारका बालिका जोखिममा पर्दै आएका छन्। काठमाडौं उपत्यकामा कलिलै उमेर समूहका बालिका बलात्कृत भएका यी केही प्रतिनिधिमूलक घटना हुन्। अधिकांश घटनामा बलात्कारीले विपन्न परिवारका सदस्य रहेका र शारीरिक रूपमा अशतm बालबालिकालाई नै जबर्जस्ती गर्ने गरेको पाइएको छ। गलत मनोवृत्ति र व्यवहार भएका पुरुषबाट शारीरिक अपागंता भएका, सुस्तमनस्थिति, बोल्न नसक्ने तथा आर्थिक अवस्था अत्यन्त दयनीय भएका परिवारका बालिका जोखिममा पर्दै आएका छन्। नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले कुत्सित र विक्षिप्त मानसिकताका पुरुषले शारीरिक रूपले अशक्त तथा कलिला बालिकालाई बलात्कारको शिकार बनाउने गरेको बताउँछन्। ‘सजिलै ललाईफकाईमा पर्ने भएकाले साना ्बालिका बलात्कारीको टार्गेटमा परेका हुन्,’ उनले भने, ‘आमाबाबुको पर्याप्त रेखदेख र स्याहारसुसार नपाएका परिवारका छोरी बढी असुरक्षित भएको देखिन्छन्। खराब नियत भएकाहरूले साना बालिका एक्लै भएको मौका छोपेर बलात्कारजस्तो घृणित कार्य गर्दै आएको देखिन्छ।

तथ्यांक बढेको बढ्यै
बलात्कारसम्बन्धी तीन वर्षको तथ्यांक केलाउँदा पनि बलात्कार पीडितमध्ये अधिकांश १८ वर्षमुनिका बालिका देखिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा देशभर एक हजार ९३ जना महिला बलात्कृत भएका थिए। तीमध्ये १० वर्ष उमेरमुनिका बालिकाको संख्या २ सय १३ रहेको छ। त्यस्तै गरी १८ वर्षमुनिका ४ सय ६८ किशोरी बलात्कृत भएका छन्। अन्य उमेर समूहका बलात्कृत हुने महिलाको संख्या ४ सय १२ रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा देशभर १ हजार १ सय ३७ महिला बलात्कृत भएका थिए। तीमध्ये २ सय ६१ जना १० वर्षमुनिका बालिका थिए । यसैगरी १८ वर्षमुनिका ७ सय ३४ किशोरी बलात्कारको शिकार बने । अन्य उमेर समूहका ४ सय ८५ जना महिला बलात्कारको शिकार बनेका छन्। आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ८० महिला बलात्कारको शिकार भए। तीमध्ये २ सय ६१ बालिका १० वर्षमुनिका थिए। १८ वर्षमुनिका ७ सय ३४ किशोरी बलात्कारको शिकार बने। अन्य उमेर समूहका ४ सय ८५ महिला बलात्कारको शिकार बनेका छन्। बर्सेनि १८ वर्षमुनिका किशोरी बलात्कृत हुनेक्रम अत्यधिक बढेको देखिन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीमा दर्ता हुने ६० प्रतिशत बलात्कारका घटनामा आफन्त र परिचितकै संलग्नता भेटिएको छ। प्रवक्ता सुवेदीका अनुसार चिनेजानेकाबाटै हुने बलात्कारका घटनामा पीडितको हत्या हुने सम्भावना अत्यधिक हुने गरेको छ। उनले समाज र परिवारमा चेतना वृद्धि भएसँगै बलात्कारका घटना बाहिर आउन थालेकाले घटना संख्यामा बढोत्तरी भएको देखिएको दाबी गरे। ‘बलात्कारका घटना पहिला गाउँघरमा नै मिलापत्र गरेर टुंग्याइन्थ्यो,’ उनले भने, ‘अहिले यस्ता खालका जघन्य अपराध लुकाउन हुँदैन भन्ने चेतनाकै कारणले घटना बाहिर आइरहेका छन्।

उपत्यकामा पनि बलात्कारका घटना बढे
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७२/७३ मा काठमाडौं उपत्यकामा जबर्जस्ती करणीका १ सय ३५ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये काठमाडौंमा ९९, ललितपुरमा २३ र भक्तपुरमा १३ वटा यस्ता मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०७३/७४ मा काठमाडौं उपत्यकामा १ सय ३६ वटा बलात्कारका घटनाबारे उजुरी परेका थिए। तीमध्ये काठमाडौमा १ सय ९, ललितपुरमा १६ र भक्तपुरमा ११ वटा घटना प्रहरीमा दर्ता भएका थिए। यसैगरी आर्थिक वर्ष २०७४/७५ मा काठमाडौं उपत्यकामा बलात्कारका घटना संख्या बढेर १ सय ८६ पुगेको छ। काठमाडौंमा १ सय ४५, ललितपुरमा २१ र भक्तपुरमा २० वटा बलात्कारका घटना भएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो। काठमाडौं उपत्यकामा जबर्जस्ती करणी उद्योगका घटना पनि बर्सेनि बढ्दै गइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। आर्थिक वर्ष २०७२/७३ मा उपत्यकामा ५२ वटा जबरजस्ती करणी उद्योगका उजुरी दर्ता भएका थिए। आर्थिक वर्ष २०७३/७४ मा उक्त संख्या घटेर ४१ भएको थियो। तर, आर्थिक वर्ष २०७४/७५ मा उक्त संख्या बढेर ६७ पुगेको छ। केन्द्रीय बाल कल्याण समितिका पूर्वनिर्देशक तारक धितालले आपराधिक मनोवृत्ति भएका मानिसबाट बालिकाहरू असुरक्षित हुँदै आएको बताउँछन्। स्वाभावले नै बालिकालाई सजिलै फकाउन र तर्साउन सकिन्छ। उनीहरूको कमजोरीबाट फाइदा उठाउँदै आपराधिक मानसिकता भएकाले दुव्र्यवहार गर्दै आइरहेका छन्,उनले भने, ‘बालिकालाई सहजै ललाईफकाई गर्न सकिन्छ । उनीहरू अन्य उमेर समूहले जस्तो प्रतिकार गर्न सक्दैनन्। यसैले गर्दा बालिकालाई धेरै प्रताडित हुनुपरेको हो । बलात्कार पीडितमध्ये करिब ६० प्रतिशत बालिका छन्। धितालले नेपाली समाजमा बलात्कारका घटना बढ्नुका मनोवैज्ञानिक र सामाजशास्त्रीय अध्ययन हुनुपर्ने बताउँछन्। विद्यालयस्तरको पाठ्यक्रममा बलात्कारविरुद्धका विषय समावेश गर्नुपर्ने बेला भइसक्यो, उनले भने, घरपरिवार, समाज र राज्यले नै बलात्कारविरुद्धको अभियान अघि बढाउनुपर्ने देखिन्छ।

२०७५ कार्तिक १८ गते ७:३५ मा प्रकाशित