A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुई वर्षमा पनि अभियुक्त पत्ता लागेन

वीरगन्ज राधेमाईका ९ वर्षीय बालक राजन पटेलको हत्या भएको २ वर्ष बितिसक्दा पनि प्रहरीले उनको हत्यारा पत्ता लगाउन सकेको छैन । ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै गरेका राजन २०७३ असोज १९ गते बेपत्ता भएका थिए । उनको शव त्यसको भोलिपल्ट वीरगन्ज चिनी मिल आवास क्षेत्रपछाडि फेला परेको थियो । शवको प्रकृति हेर्दा कुटपिट गरी उनको हत्या गरेको जस्तो देखिन्थ्यो । राजनको हत्या किन र कसले गर्योर भनी प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन । उनका काका वृजकिशोर पटेलले २ वर्ष बितिसक्दा पनि आफ्नो भतिजोको हत्यारा प्रहरीले पहिचान गर्न नसक्नु दुखद भएको बताए । ‘प्रहरीले सक्दो छिटो अनुसन्धान गरेर हत्यारा पत्ता लगाउनुपर्ने हो, म आफंैले पनि घटनाको कतिपय सुराक प्रहरीलाई दिइसकेको छु,’ एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा बालअधिकारको क्षेत्रमा कार्यरत उनले भने, ‘प्रहरीलाई त्यही सुराकबाट हत्यारासम्म पुग्न सहज पनि हुन्छ तर मलाई थाहा छैन प्रहरी किन उदासीन छ । पछिल्लो समय मुलुकभरि भएका बालिका बलात्कार र हत्याका घटनामा प्रहरी जत्ति संवेदनशील भएर अनुसन्धानमा लागेको तथा दोषी प्रहरी अधिकारीहरूलाई समेत बर्खास्त गर्नेसम्मको कारबाही गरेको छ तर बालक हत्याको अनुसन्धानमा उदासिनता देखाउने अधिकारीहरूलाई पनि प्रहरी प्रधान मुख्य कार्यालयले आवश्यक निर्देशन दिनुपर्ने पटेलको माग छ । 

लामो समयदेखि भतिजोको हत्यारा पक्राउ नपर्दा आफू मानसिक पीडा र तनावमा रहेको उनले बताए । व्यक्तिगत रूपमा आफ्नो परिवारका सबै सदस्यसँग कसैको रिसइबी नरहेको र भतिजो राजनलाई लिएर कतैबाट पनि घटनाअघि आफूहरूलाई धम्की पनि नआएको उनले बताए । 
राजनका बुबा विनोदको विन्दवासिनीमा आलुको थोक व्यापार छ । दाजु विनोदसँग कसैको कुनै रिसइबी, व्यावसायिक प्रतिस्पर्धा नरहेको तथा कसैले अपहरण आदिको धाकधम्कीसमेत दिएको थिएन। पढाइमा तीक्ष्ण र अब्बल रहेका राजन अनुशासित पनि थिए । उनी सबैका प्रिय थिए । चिनीमिल आवास क्षेत्रमा हुने गरेका लागु औषध सेवनको सूचना उनले बेलाबेलामा प्रहरीलाई दिने गरेका थिए । आफू बेलाबेलामा जिल्ला प्रहरी कार्यालय धाइरहे पनि २ वर्षदेखि आश्वासनबाहेक केही नपाएको उनले गुनासो गरे । जिल्ला प्रहरी प्रमुख परिवर्तन भएपिच्छे आफूले प्रहरी अधिकारीहरूलाई घटनाबारे गम्भीर भई अनुसन्धान गरी हत्यारालाई पक्राउ गर्न आग्रह गर्दै आएको पटेल बताउँछन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रेवती ढकालले राजन हत्या घटनामा दोषी पत्ता लगाउने हरसम्भव प्रयास जारी रहेको बताए । ‘हामी अझै पनि सूक्ष्मसाथ घटनाको अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘कुनै पनि घटनामा वास्तविक दोषी पत्ता नलागेसम्म प्रहरीले गरेको अनुसन्धान र मिहिनेतको परिणाम बाहिर आएको देखिँदैन, हामी अनुसन्धानकै क्रममा छांै, आशा गरौं, हामी छिट्टै निष्कर्षमा पुग्नेछौंं ।

२०७५ कार्तिक १५ गते १०:०० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: