समाचारमा बालबालिका

आगलागीमा परी बालकको मृत्यु

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा आइतबार राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ। जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए। राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ। घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ। स्थानीयको सहयोगमा रातिनै आगो नियन्त्रणमा लिई अरु घर जल्नबाट जोगाइएको छ।

२०७५ कार्तिक १९ गते प्रकाशित