समाचारमा बालबालिका

राउटे बालबालिकालाई भिटामिन ‘ए’

सुर्खेतको लेकबेंसी नगरपालिका-९ गंगटेका राउटे बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको छ। सरकारी अभियानअन्तर्गत दोस्रो चरणमा राउटे समुदायमा बिहीबार सञ्चालन गरिएको थियो। ६ महिनादेखि ५ वर्षसम्मका ३५ जना बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको अहेव विनोद विसीले बताए। सरकारी अभियानको पहिलो दिन राउटे समुदायले औषधि खानुलाई संस्कृतिविपरीत हुने भन्दै बहिष्कार गरेका थिए। चिकित्सकले औषधि खुवाएपछि हुने फाइदाबारे राउटे समुदायलाई जानकारी गराएपछि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन सहज भएको औषधि वितरणमा संलग्न चिकित्सकले बताए।

२०७५ कार्तिक १५ गते ७:४६ मा प्रकाशित