बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सरकारले आज र भोलि भिटामिन ‘ए’ क्याम्पसुल र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधिसमेत खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि २३ महिनाका बालकालिकाहरुलाई सुक्ष्म पोषकतत्व ‘बालभिटा’ पनि वितरण गरिने छ । पोषण कार्यक्रम लागू भएका जिल्लाका बालबालिकाको पोषणस्थिति थाहा पाउन पाखुराको नापसमेत लिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जनशक्ति परिचालन गरिएको जानकारी दिँदै नजिकैको भिटामिन ‘ए’ क्याप्सुल वितरण केन्द्रमा लगेर खुवाउन आग्रह गरेको छ । विद्यालय खुला रहेको दिन कार्यक्रम सञ्चालन गरिएकाले स्कुले बालबालिकाहरुलाई औषधि खुवाउन केही असुविधा परेको छ ।
२०७५ कार्तिक १४ गते १०:०७ मा प्रकाशित