A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कृत बालिकाको उपचार क्रममा मृत्यु

बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको छ। कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो। उपचारकै क्रममा नेपालगन्ज उपमहानगर–२१ पुरैनाकी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कडा सुरक्षा घेराबीच शुक्रबार मुस्लिम परम्पराअनुसार उनको अन्तिम संस्कार गरिएको थियो। अस्पतालमा उपचार गर्न आउँदा बालिका बेहोस अवस्थामा रहेको नेपालगन्ज मेडिकल कलेजका डा।सकिल अहमदले बताए। बालिकाको मृत्युपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी छन्। जाहेरीमा कातिक ३, ४ र ५ गते बालिकामाथि बाबुले यौन दुर्व्यवहार गरेको उल्लेख छ। जाहेरीमा ‘तेल लगाउने बहानामा स्तन समाउने, योनिमा औंला पसाएर यौन दुर्व्यवहार गरेको’ उल्लेख छ। पोलियो रोगले अपांगता भएकी बालिकालाई तेल लगाउने गरिएको थियो। तेल लगाउने बहानामा यौन अंग चलाउने गरेको किटानीसहित जाहेरी परेकाले अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए। जाहेरीमा बाल यौन दुराचार÷हाडनाता करणी उल्लेख छ। अनुसन्धानकै क्रममा बालिकाको मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ। ‘पोस्टमार्टम रिपोर्ट कस्तो आउँछ, त्यहीअनुसार मुद्दा प्रक्रिया अगाडि बढ्छ’, एसपी पौडेलले भने। आरोपी बाबुलार्ई जाहेरी परेकै दिन प्रहरीले नियन्त्रणमा लिएको छ। उनी जिप्रकाको हिरासतमा छन्। जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। प्रहरीमा जाहेरी दिएपछि बाबु पक्षकाले मृतककी आमालाई दुर्व्यवहार गर्न थालेपछि सुरक्षा दिन साथी संस्थाको सेल्टरमा राखिएकी छन्।

२०७५ कार्तिक १८ गते १०:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: