समाचारमा बालबालिका

प्रहरीले रोक्यो बाल विवाह

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा प्रहरीले एक जोडीको विवाह रोकेको छ। उमेर नपुगी हुन लागेको विवाहलाई प्रहरीले रोकेको हो। सानीभेरी गाउँपालिका ८ का १७ वर्षीय किशोर र मुसिकोट नगरपालिका १४ की १८ वर्षीया युवतीबीच हुन लागेको विवालाई प्रहरीले बिहीवार रद्ध गरेको बताएको छ। भोगेर विवाह गरेका उनीहरुविरुद्ध बाल क्लबले प्रहरीमा जानकारी गराएपछि सिम्ली प्रहरी चौकीमा दुवै जनालाई उपस्थिति गराएर आफ्न्तको जिम्मा लगाइएको छ।२० वर्ष उमेर पुगेपछि मात्र विवाह गराउने शर्तमा केटा केटी दुवैलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएको प्रहरीको भनाई छ। 

२०७५ कार्तिक १५ गते ६:२४ मा प्रकाशित