A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अपांग बालिकालाई करणी गरेको अभियोगमा दुई पक्राउ

बौद्धिक अपांगता भएकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे प्रहरीले दुईजना पक्राउ गरेको छ । काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका ५ का वर्ष ३३ का राजकुमार ढुंगेल र अर्का १७ वर्षका एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले बताए। जबरजस्ती करणीबाट बालिका गर्भवती भएको भन्दै किशोरीका अभिभावकको निवेदन दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुशन्धान भइरहेको डीएसपी गिरीले जानकारी दिए। गत वैशाख ११ गते दिउँसो २ बजेतिर चौरीदेउराली गाउँपालिका ५ पोखरीचौरी दाहाल टोलस्थित घर नजिकै बारीको कान्लामुनी ढुंगेलले पैसा र खाने कुरा दिई ललाईफकाई गरी करणी गरेको आरोपसहितको जाहेरी पीडित पक्षले दिएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो। अभिभावकले सोधपुछ गर्दा बालिकाले घटनाबारे सबै कुरा बताएपछि उक्त घटना बाहिर आएको हो।मुद्दा फिर्ता लिन आरोपितका आफन्तले दवाव दिइरहेको बालिकाका अभिभावकले बताए।

२०७६ असार ४ गते २:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: